उदयपुरमा टिफर दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकामा भएको टिफर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मंगलबार अन्दाजी साँझ ६ः५० बजेको समयमा उदयपुरगढी गाउँपालिका ७ हाडेवास चिउरीवास स्थित बाधखोर–कोल्टे भित्रि सडक खण्डमा नेपालटारबाट कोल्टे तर्फ बालुवा गिट्टी बोकेर जादै गरेको पावित्रा निर्माण सेवा कम्पनीको स १ क १९० नं.को टिफर अचानक ब्रेक फेल भई दुर्घटना भएको थियो । सडकबाट अन्दाजी ४० मिटर...













