गाईघाटमा नापतौल शिविर चल्दै

गाईघाटमा नापतौल शिविर चल्दै
उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा गाईघाटमा नाप तौल सम्बन्धी शिविर सुरु भएको छ । शिविरमा नेपाल गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सेवा जिल्लामा दिन थालिएको हो । शिविर मंगलबारदेखि गाईघाटमा सुरु भएको जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगतले बताए । शिविरमा उद्योगी तथा व्यावसायीले आफ्ना नाप तौलका सामग्रीको चेकजाँच, नवीकरण, नयाँ दर्ता गराउन सक्ने भएका छन...

बेलकामा करेन्ट लागेर एक किशोरीको मृत्यु

बेलकामा करेन्ट लागेर एक किशोरीको मृत्यु
उदयपुर-उदयपुरमा करेन्ट लागेर शुक्रबार बिहान एक किशोरीको मृत्यु भएको छ । बेलका नगरपालिका ५ स्थित सन्जिप कार्कीको  १७ वर्षिया छोरी दुर्गा कार्कीको बिहान ८.३० बजे  कुखुराको फर्ममा काम गर्दै गरेको बेला करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान फर्ममा काम गरिरहेको बेला करेन्ट लागेर छटपटाई रहेकोे बेला  आफन्तले देखेर पछि नगर अस्पताल लगेकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ...

बेलकामा समुदाय विपद स्वयंसेवक तालिम सुरु

बेलकामा समुदाय विपद स्वयंसेवक तालिम सुरु
रामपुर- उदयपुरको बेलका नगरपालिकाले विपद जोखिम कम गर्ने उद्देश्यले १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु गरिएको छ । शुक्रबार बेलका नगर सभाहलमा तालिमको उद्घाटन गरिएको हो । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यता र शसस्त्र पहरी बल नेपाल ५ नम्बर गण हेड क्वाटर त्रियुगा उदयपुरका प्रमुख शसस्त्र पहरी उपरीक्षक सुनिल कुमार साहीको अध्यक्षतामा समुदाय विपद स्वयंसेवक तालिमको सुरुवात गरिएक...

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ स्थित लालपत्ताबाट २७ एम्पुल लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १३ बस्ने अन्दाजी २१ बर्षीय पारस राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार राती ७ बजेर २० मिनेटको समयमा प्रहरी चौकी लालपत्ताबाट चेकिङमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना. १ ज ६८९३ नं. को विङ...

देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी चेम्बर अफ कमर्शको उद्घोष

देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी चेम्बर अफ कमर्शको उद्घोष
उदयपुर । देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी च्याम्बर अफ कमर्स उदयपुरले उद्घोष गरेका छन् । सुकुम्बासी वस्तिका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उदेश्यले यस वर्षको सामुहिक देउसी खेलिरहेको थियो । कटारी नगरपालिकाको वडा नम्बर ५ मा रहेको सुकुम्वासी वस्तिबाट देउसी सुरु गरेको च्याम्बरले देउसीबाट संकलित करिव ४५ हजार बढी रकम सुकुम्वासी वस्ति तथा अतिविपन्न स...

नदीजन्य पदार्थ उत्खनन खुलाउन माग गर्दै नेकपा एसले त्रियुगाका मेयरलाई बुझाए ज्ञापनपत्र

नदीजन्य पदार्थ उत्खनन खुलाउन माग गर्दै नेकपा एसले त्रियुगाका मेयरलाई बुझाए ज्ञापनपत्र
उदयपुर । नदीजन्य पदार्थ उत्खनन् खुलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) त्रियुगा नगर कमिटीले त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा एसले शुक्रबार ज्ञापनपत्र बुझाउँदै नदीजन्य पदार्थ उत्खनन रोक्का गरेकोमा फुकुवा गरी मजदुरहरुको गरिखान पाउने अधिकारको संरक्षण गर्न माग गरिएको छ । नेकपा एकीकृत समाजवादीका त्रियुगा नगर कमिटीका कार्यवाहक अध्यक्ष धन...

उदयपुरमा लागू औषध सहित दुई जना युवा पक्राउ

उदयपुरमा लागू औषध सहित दुई जना युवा पक्राउ
उदयपुर । उदयपुरमा प्रतिबन्धित लागू औषध सहित दुई जना युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का २७ वर्षिय चन्द्र बहादुर खत्री र त्रियुगा नपा वडा नं. १० का २३ वर्षिय दिप मगरलाई २०१ एम्पुल लागू औषध सहित प्रहरीले आइतबार पक्राउ गरेको छ । मोटरसाइकलमा लागू औषध ल्याउँदै गरेको विशेष सूचनाको आधारमा त्रियुगा नगरपालिका ६ जलजलेमा सवारी साधन रोकी चेकजाँच गर्ने खोज्दा प्रहरी जवान दिपक राईला...

विशेष अदालतबाट त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरी सहित ४ जनाले पाए सफाई

विशेष अदालतबाट त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरी सहित ४ जनाले पाए सफाई
उदयपुर । विशेष अदालत काठमाण्डौले त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीलाई सफाइ दिएको छ । सात महिना अघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमेयर चौधरीसहित ४ जना विरुद्ध राजश्व चुहावट गरी भ्रष्टचार गरेको आरोप सहित मुद्धा दर्ता गरेको थियो । सोमबार विशेष अदालतका न्यायधिशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले पूर्वमेयर सहित ४ जनालाई सफाई दिइएको छ । सफाई पाउनेमा तत्कालीन प्रमुख प्र...

सुनकोशी नदीमा ३ बालबालिका डुबेर बेपत्ता

सुनकोशी नदीमा ३ बालबालिका डुबेर बेपत्ता
उदयपुर / उदयपुर र खोटाङबीच भएर बग्ने सुनकोशी नदीमा पौडी खेल्न गएका ३ बालबालिका आईतबार डुबेर बेपत्ता भएका छन् । त्रियुगा नगरपालिका १४ साउने बजारका एक बालिका र २ बालक पौडी खेल्ने क्रममा दिउँसो २ः३० बजेदेखि बेपत्ता भएका हुन् । वडाध्यक्ष हिमराज मगरका अनुसार होली खेल्दै गएका उनीहरु धाब्लाङस्थित सुनकोशी नदी किनार पुगेर पौडी खेल्दै थिए । खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरु अहिलेसम्म फेला परेका छैनन्...

उदयपुरको मैनामैनीमा बोलेरो दुर्घटनामा ७ जनाको मृत्यु, ९ जना घाईते

उदयपुरको मैनामैनीमा बोलेरो दुर्घटनामा ७ जनाको मृत्यु, ९ जना घाईते
उदयपुर - उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा बोलेरो दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँँदै गरेको को. १ ज २५९३ नम्बरको बोलेरो दुर्घटनामा ६ महिनाको बच्चा सहित ७ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएको छ । बोलेरोमा ६ महिनाको बच्चा सहित १६ जना सबार मध्ये चालक चालक मानबहादुर बस्नेत बाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घाइते ९ जनाको उद्दार गरिएको छ । बोलेरोमा अधिकांश यात्रु भोजप...