उदयपुर । उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । बेलका नगरपालिका ६ सुकुम्बा स्थित जंगली हात्तीको आक्रमणबाट मंगलबार अन्दाजी ७३ वर्षिय रनध्वज राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पसलबाट सामान लिई घर फर्किने क्रममा हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट मृत्यु भएको राईको इलाका प्रहरी कार्यालय रामपुर र सव डिभिजन वन कार्यालय लालबजारको टोली कानूनी प्रक्रिया पुरा गरी पोष्ट मार्टमको लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी पठाएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया