बरुवा क्याम्पसले निकट भविष्यमा एआई र जलविद्युतीय इन्जिनियरिङ शिक्षा दिने
गाईघाट । आर्टिफिसियल इन्टेलिजेन्स (AI) र जलविद्युतीय (Hydroelectric) इन्जिनियरिङको प्राविधिक शिक्षातर्फ बरुवा क्याम्पसको नयाँ कार्यक्रम ल्याउने तयारी थालेको छ । त्रियुगा नगरपालिका–१२ स्थित बरुवा क्याम्पसले आफ्नो स्थापनाको १७ औँ वार्षिक साधारण सभामा सो कार्यक्रम ल्याउने बारे आफ्नो तयारी रहेको जनाएको छ ।
दक्ष जनशक्ति उत्पादन र वैज्ञानिक शिक्षा अवधारण अनुसार विदेशी सम्बन्धन सहित एआई र जलविद्युतीय इन...













