कटारी नगरपालिकाको बजेट ९७ करोड ४६ लाख
उदयपुर । उदयपुरको कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै ९७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।
आइतबार नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित ९७ करोड ४६ लाख ५ हजार ८५६ रुपौयाँको बजेट सार्वजनिक गरिएको हो । जसमा पुँजीगततर्फ १९ करोड ३९ लाख र चालूतर्फ २५ करोड ५१ लाख ४६ हजार ८५६ ...












