उदयपुर । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उदयपुरबाट डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृतलाई घुस रकमसहित रंगेहात पक्राउ परेको छ ।
अख्तियारले डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृत भुवन पौडेललाई सेवाग्राहीसँग घुस बापत १६ हजार २ सय ५० रुपैया लिएको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विहिबार कार्यालयबाटै पक्राउ गरेको छ ।
एक सेवाग्राहीसँग घुस मागेपछि सेवाग्राही अख्तियारलाई जानकारी गराएका । सोही अनुसार स्ट्रिङ अपरेसन गरेर वन अधिकृत पौडेललाई पक्राउ गरी अनुसन्धानका लागि इटहरी लगिएको छ ।
अधिकृत पौडेल गत मंसिरमा मात्रै उदयपुरमा पहिलो पदस्थापन भएर आएका थिए ।









