उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा सुविधा सम्पन्न अस्पतालको अभाव भएको समयमा निजी क्षेत्रको लगानीमा सुविधा सम्पन्न सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल प्रा.लि. आजबाज सञ्चालनमा ल्याइएको छ ।

कडा खाले रोग लागेमा वा कुनै दुर्घटना भएमा उपचारका लागि बिराटनगर धरान काठमाण्डौ लैजानु पर्ने अवस्थाबाट मुक्त हुन र बाहिर लगेर अत्यन्त महंगो उपचार गराउन नपर्ने गरी सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल सञ्चालनमा ल्याइएको छ ।
विहिबार हस्पिटको त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले रिवन काटेर हस्पिटलको उद्घाटन उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले नगरवासीलाई गुणस्तरीय र सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्न यस्ता अस्पतालको आवश्यकता रहेको बताउनुभयो । निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको अस्पतालले स्थानीय नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।हस्पिटलले हाल विशेषज्ञ सेवा सहित २४ घण्टा आकस्मिक उपचार सेवा, २४ घण्टा फार्मेसी सेवा, आईसियु, एनआईसियु, जनरल वार्ड, प्राइभेट वार्ड, आधुनिक शल्यक्रिया कक्ष, डेलीभरी वार्ड सञ्चालनमा रहेको छ । ओ.पि.डी, आइ.पि.डी. सेवा सहित अत्याधुनिक ल्याव, एक्सरे, भिडियो एक्सरे, इन्डोस्कोपी, ल्याप्रोस्कोपी रहेका छन् । ओडी स्क्यान भिडियो एक्सरे (नयाँ प्रविधिको एआई प्रविधिको भिडियो एक्सरे सेवा) संचालनमा रहेको छ भने भिडियो एक्सरे गरेको पाँच मिनेट भित्रै रिपोर्ट दिने मेसिन जडान गरिएको हस्पिटल संचालन कपिल सुवेदीले जानकारी दिए ।

जेनेरल फिजिसियन, बाल रोग विशेषज्ञ, इन्डोग्राइनो सेवा (सुगर, थाइराइड, निमुनिाय जस्ता) रोग विशेषज्ञ, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ, महिला तथा स्त्री रोग विशेषज्ञ, छाला तथा यौन रोग विशेषज्ञ सेवा संचालनमा रहेको छ भने निकट भविष्यमा मृगौला रोगको डाइलासिस सेवा र सिटी स्क्यान सेवा पनि संचालनमा ल्याउने संचालक कपिल सुवेदीले जानकारी दिनुभयो ।

गाईघाटमा विगतको तुलनामा अहिले बिरामीहरुले राम्रो सेवा सुबिधा पाउने गरेको तर कतिपय बिरामीलाई जिल्ला बाहिर थप उपचारका लागि रेफर गर्नु पर्ने अवस्था रहेको हुँदा ति बिरामीहरुलाई सगरमाथा मल्टीस्पेशालिटी हस्पिटलमा उपचार गराउन सकिने गरी सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार, प्रविधि तथा यन्त्रहरु समेतको व्यवस्थापनमा विशेष ध्यान दिएर हस्पिटल सञ्चालनमा ल्याइएको अर्का संचालक गुनदेव चौधरीले जानकारी दिनुभयो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले ७० देखि ८० वर्षसम्मका अशक्त, वृद्धवृद्धा, अपाङ्गलाई ओपिडी तथा वेड चार्जमा ५० प्रतिशत छुट दिईने छ भने ८० वर्षमाथिका वृद्ध, वृद्धा, अपाङ्गलाई ओपिडी चार्ज एक सय र वेड चार्ज निःशुल्क रहने छ । ल्याबमा २० प्रतिशतसम्म र औषधिमा १० प्रतिशत छुट दिईने संचालक सुवेदीले जानकारी दिनुभयो ।

शहीद परिवार, पूर्व राष्ट्रसेवक कर्मचारी, पूर्व नेपाली सेना, पूर्व नेपाल प्रहरी तथा जनआन्दोलनका घाइते तथा पत्रकारहरूलाई बेड भर्ना शुल्कमा ५० प्रतिशत र प्रयोगशाला (ल्याब) सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया