उदयपुर । उदयपुरमा सोमबार थेरापी मेसिनबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १२ जनप्रेमी टोल बस्ने अन्दाजी ७४ वर्षिय वृद्धा रामकुमारी राईको मृत्यु भएको हो ।
कोरियन प्रविधिमा आधारित थेरापी मेसिनबाट अचानक करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी गणेशबहादुर बमले जनाएको छ । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई शव जिम्मा लगाएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उक्त कोरियन प्रविधिमा आधारित थेरापी मेसिन ८ महिना अघि सेराजेम थेरापी गाईघाट शाखा निलोपुलबाट खरिद गरेर लिएर आएको मृतकका आफ्न्तले जानकारी दिएका छन् ।









