उदयपुर । उदयपुरको कटारी नगरपालिका ६ थित जंगलक्षेत्रबाट ठूलो परिमाणको गाँजासहित ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले सोमबार विहान ४ः०० वजेको समयमा कटारी ६ बाँकेटारस्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको जंगलक्षेत्रबाट गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
जंगलक्षेत्रमा लागूऔषध ओसारपसार भईरहेको भन्ने विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले जंगल पुगेर खोजतलास लिँदा लुकाई राखेको अवस्थामा गाँजा र बोलेरो जीपसहित मान्छे फेला पारि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरी प्रवक्ता डिएस्पी गणेश बमका अनुसार जंगलमा बा १६ च ५२६९ न. को बोलेरोमा ल्याएर लुकाई छिपाई राखेको अवस्थामा ५२ बोरामा प्याक गरेको अवस्थाको १ हजार १ सय २२ किलो ६७ ग्राम प्रतिबन्धित गाँजा बरामद भएको हो । गाँजा र बोलेरोसँगै ताप्ली गाँउपालिका १ डाँडागाँउका ५५ वर्षीय रामबहादुर मगर, सोही ठाउँका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगर पक्राउ परेका छन् ।
प्रहरीले गाँजासहित नियन्त्रमा लिइएको बोलेरो र पत्रलmाउ ३ जनालाई इप्रका कटारीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको डिएसपी बमले बताएका छन् ।









