उदयपुर । उदयपुरमा सोमबार बेलका नगरपालिका ५ जहडामा दुई सवारी एक आपसमा ठोकिएर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

सोमबार विहान अन्दाजी ९ः४५ बजेको समयमा बेलका नगरपालिका ५ जहडा स्थितमा सुपाडेबाट लालबजार तर्फ आँउदै गरेको को.प्र.०५–००१ ह ०६१३ न. को अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नं. को सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एक आपसमा ठक्कर खाई दुर्घटना परेको थियो ।

दुर्घटनामा अटोमा सवार ५ जना घाईते भई उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान लगिएकोमा उपचारको क्रममा २ जनाको मृत्यु भएको र अन्य ३ जना घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा बेलका नगरपालिका ५ बस्ने अन्दाजी ३४ को मन्दिरा मगर र अर्का नाम थर, उमेर, वतन नखुलको एक महिला सहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा अटो चालक बेलका नगरपालिका ५ बस्ने २८ वर्षिय ईन्द्र थापा र अटोमा सवार सोही ठाउँका १८ वर्षिय रोशन मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने अर्का मोरङ बिराटनगर महानगरपालिका १२ बस्ने १९ वर्षिय अजित गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया