उदयपुर । उदयपुरमा १ सय ९९ केजी गाँजा सहित एक जना पक्राउ परेको छ । सोमबार प्रतिबन्धित लागू औषध जाँजा १ सय ९९ केजी सहित रुपन्देही देवदह नगरपालिका ७ हाल कटारी नगरपालिका ४ बस्ने अन्दाजी २१ वर्षिय सोम मगरलाई पक्राउ गरेको छ ।
बेतनीबाट कटारी तर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिफरलाई विहान १ः४५ बजेको समयमा कटारी नगरपालिका ४ मरुवा खोला स्थितबाट चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागू औषध १ सय ९९ केजी गाँजा सहित मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका मगरलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









