उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ मा मंगलबार विहान १०ः२० बजे करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आफ्नै घरमा विजुली वत्ति बनाउने क्रममा अचानक करेण्ट लागि ६० वर्षिय बल बहादुर लावती घाइते भएका थिए ।

घाइते लावतीको उपचारको क्रममा चौदण्डीगढी नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । लाश आवश्यक कानूनी प्रक्रिया पुरा गरी परिवारलाई जिम्मा लगाएको छ ।

तपाईको प्रतिक्रिया