उदयपुर / उदयपुरको कटारी नगरपालिका–४ कटारी बजारका २७ वर्षीय रवीन तामाङको शव फेला परेको छ । सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तामाङको शव घटनास्थलबाट करिब १६ किलोमिटर तल कटारी नगरपालिका– १४ घुर्मी नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
गत १५ माघमा सिन्धुलीको फिक्कल गाउँपालिका–४ खार्साङस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा रवीन बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय कटारीको टोलीले खोजतलास गर्ने क्रममा मंगलबार उनको शव फेला पारेको हो । शव कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाइएको छ ।









