उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ नागबेली स्थित मदन भण्डारी राजमार्गमा विहान ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १६ रातापानीबाट उदयपुरगढी नेपालटार तर्फ विहेको जन्ती बोकेर जाँदै गरेको प्र. २–०१–००१ त १०९६ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा त्रियुगा नगरपालिका १४ का १९ वर्षिय मिलन मग्रातीको घटना स्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी १९ जन्ती घाईते हुँदा बेहुला धीरेन रोक्का भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

गम्भिर घाइतेहरुमा त्रियुगा नपा १६ जाल्पा बस्ने वर्ष १८ की सुस्मिता आछामी, त्रियुगा नगरपालिका १४ धाप्लाङ बस्ने बर्ष २२ को दिपेन सुयल, उदयपुरगढी ८ बस्ने वर्ष २६ को सागर कोईराला न्यूरो हस्पिटल विराटनगर रेफर गरिएको छ भने अन्य घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको डिएसपी गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया