चिसोबाट बच्न वडा कार्यालयद्वारा न्यानो कपडा वितरण
उदयपुर । केही दिनयतादेखि बढेको चिसोका कारण उदयपुरको जनजीवन प्रभावित भएसँगै त्रियुगा नगरपालिका वडा नं. १ ले न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिक, दलित तथा एकल महिला गरी ९० जनालाई सम्मान स्वरुप न्यानो कपडा वितरण गरेको छ ।
जेष्ठ नागरिक ५६ जना, एकल महिला र दलित ३४ गरी ९० जनालाई सम्मान स्वरुप एक/एक थान सिरक, दसना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको वडाध...












