उदयपुर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटेमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट बोकेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना.८.ख.८२९७ नम्बरको ट्रक अन्दाजी बिहान २ः३० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले बताए ।
ट्रक सडकबाट करिव एक सय मिटर तल खसेको छ । प्रहरीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने प्रयास जारी राखेको छ ।

घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया