गाईघाट । शुक्रबार त्रियुगा नगरपालिका १२ फुलचोकमा बिहान भएको अटो दुर्घटनामा ३ जना घाईते भएको छ । काँग्रेसी चुनावी झण्डा र प्रचार व्यानर बोकेको स १ ह २५५८ नं को अटो आज बिहान करिब ८ बजेतिर दुर्घटना भएको थियो । उक्त अटोमा ३ जना बालवालिका सहित ६ जना सवार थिए । अटो आफै अन्यन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ ।
दुर्घटनामा ३ जना बच्चाहरुमा भने कुनै चोट पटक लागेको छैन । अन्य ठुला मान्छेहरु मात्रै दुर्घटनामा घाईते भएको छ । घाईते हुनेहरुमा त्रियुगा नगरपालिका १२ सगरमाथा टोलका अन्दाजी ४० बर्षिय अटो चालक हरि तिमिल्सिना, सोहि वडाकी २५ बर्षिया दिलकुमारी मगर (मन्दिरा) र उनकी श्रीमान २७ बर्षिय सुरज मगर रहेको छ । उनीहरु मध्ये चालक मिलिल्सिना र दिलकुमारी मगरलाई बाहिर बिराटनगरको नोवेल हस्पिटल पठाईएको जनाईएको छ ।
तिमिल्सिनाको खुट्टा भाँचिएको र मगर सिरियस अवस्थामा रहेकाले उनीहरुलाई बाहिर रेफर गरिएको हो । श्रीमान सुरजको भने हात खुट्टा र शरिरमा चोट लागेको छ । उनको त्रियुगा हस्पिटलमा उपचार चलिरहेको छ । उनी नेपाल आर्मी समेत रहेको जनाएको छ । अन्य तीन जना बालबच्चा शकुसल छन् । अटोमा १ बर्षिया बालिका, ४ बर्षिय बालक र अर्का ८ बर्षिया बालक रहेका थिए ।
दुर्घटनामा घाईते ३ जनालाई त्रियुगा नगरपालिका १२ का माओवादीका युवा नेता नविन राईले उद्धार गरी जिल्ला हस्पिटल पुराएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि राईकै पहलमा एम्वुलेन्स माग गरी बाहिर पठाउने काम गरिएको थियो ।
राई त्रियुगा नगरपालिका १२ का नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार पनि हुन् । उनले वडावासीहरुका लागि हर समय खटिने भन्दै तत्काल उद्धार गरी हस्पिटल पुराएका थिए । उनी चुनवका लागि भोट माग्ने समय छाडेर घाईतेहरुको उद्धारमा लागि परेका थिए । पुलचोक बाट तत्काल आफ्नो मोटरसाईकलमा हाली हस्पिटल पुराएका थिए ।
उनले वडावासीहरुको दुख सुखमा सँधै यसरीनै तल्लीन हुने जनाए । साथै घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दै राईले अन्य आवश्यकीय सहयोगहरु पनि निरन्तर गर्ने जनाए । केही त्यस्तो परेको अवस्थामा अन्य सहयोगहरु गर्ने जनाए ।









