उदयपुर । उदयपुरको चौदण्डीगढीमा करेन्ट लागेर एक जनाको शनिबार साँझ निधन भएको छ । निधन हुनेमा बसाहा स्थित घुम्तेली टोलका स्थानीय ४७ वर्षीय धनकुमार राई रहेको प्रहरीले जनाएको छ ।

घरमा भएको विद्युतीय तार हटाउँन खोज्दा एक्कासी करेन्ट लागि घाइते भएको राईलाई उपचारको लागि बेल्टार स्थित चौदण्डीगढी अस्पतालमा ल्याइएको थियो ।

तर उनको बाटैमा निधन भएको चिकित्सकले घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्तारका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

आफ्नै निर्माणाधीन नयाँ घरको लागि मिस्त्रीहरुले बेलुका काम गरेर त्यतिकै छाडेको वायरिङको तार हटाउँने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया