उदयपुरमा ब्राउन सुगर सहित दुई युवक पक्राउ
उदयपुर । उदयपुरको विभिन्न स्थानमा ब्राउन सुगर सहित दुई जना पक्राउ परेको छ । यात्री बसमा सबार बेलका नगरपालिका ५ घुम्नेका ३० बर्षिय प्रदीप बस्नेतलाई २.६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
असोज १५ गते पक्राउ गरिएको उनलाई १६ गते बिहान दिसा गर्न लगाउदा प्लास्टिकले बेरी मलद्वारमा लुकाएर राखेको अबस्थामा उक्त ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला अदा...













