गाईघाटमा कोरियन थेरापी मेसिनबाट करेन्ट लागेर वृद्धाको मृत्यु

गाईघाटमा कोरियन थेरापी मेसिनबाट करेन्ट लागेर वृद्धाको मृत्यु
उदयपुर । उदयपुरमा सोमबार थेरापी मेसिनबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १२ जनप्रेमी टोल बस्ने अन्दाजी ७४ वर्षिय वृद्धा रामकुमारी राईको मृत्यु भएको हो । कोरियन प्रविधिमा आधारित थेरापी मेसिनबाट अचानक करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी गणेशबहादुर बमले जनाएको छ । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई शव जिम्मा लगाएको ...

उदयपुरमा ११२२ किलो गाँजासहित ३ जना पक्राउ

उदयपुरमा ११२२ किलो गाँजासहित ३ जना पक्राउ
उदयपुर । उदयपुरको कटारी नगरपालिका ६ थित जंगलक्षेत्रबाट ठूलो परिमाणको गाँजासहित ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले सोमबार विहान ४ः०० वजेको समयमा कटारी ६ बाँकेटारस्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको जंगलक्षेत्रबाट गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।जंगलक्षेत्रमा लागूऔषध ओसारपसार भईरहेको भन्ने विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले जंगल पुगेर खोजतलास लिँदा ल...

सगरमाथा मल्टिस्पेशालिटी हस्पिटलद्वारा १ लाख ९३ हजार बराबर औषधि र राहत सामग्री बाढी प्रभावितलाई सहयोग

सगरमाथा मल्टिस्पेशालिटी हस्पिटलद्वारा १ लाख ९३ हजार बराबर औषधि र राहत सामग्री बाढी प्रभावितलाई सहयोग
उदयपुर- सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल गाईघाटले २ जना स्वास्थ्यकर्मी, औषधि र राहत सहितको टोली बाढी प्रभावित क्षेत्रमा पठाइएको छ । हस्पिटल संचालनमा आएको करिव डेढ महिनामै सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख ९३ हजार पाँच सय ३७ रुपैया बराबरको २४ कार्टुन औषधि र राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाएको हो । रसुवामा एक्कासी आएको बाढीले ठूलो विपत्ती सिर्जना गरेकोले शनिबार सगरमाथा मल्टिस्पेशालिटी हस...

उदयपुरमा ‘सुरक्षित चालक’ अभियान अन्तर्गत १ सय अटो र सिटी सफारी चालकलाई ज्याकेट वितरण

उदयपुरमा ‘सुरक्षित चालक’ अभियान अन्तर्गत १ सय अटो र सिटी सफारी चालकलाई ज्याकेट वितरण
उदयपुर । उदयपुरमा सञ्चालित सिटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउने उद्देश्यले सुरु गरिएको ‘सुरक्षित चालक’ अभियान अन्तर्गत पहिलो चरणको पोसाक ज्याकेट वितरण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको अग्रसरतामा बुधबार आयोजित एक कार्यक्रमका बीच १ सय अटो र सफारी चालकहरूलाई ज्याकेट वितरण गरिएको हो । सुरक्षित चालक अभियान कार्यक्रमको प्रमुख अतिथि जि...

उदयपुरका सवारी दुर्घटनामा थप १ जनाको मृत्यु

उदयपुरका सवारी दुर्घटनामा थप १ जनाको मृत्यु
उदयपुर — उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा तीन जनाको ज्यान गएको छ । सोमबार विहान अन्दाजी ९ः४५ बजेको समयमा बेलका नगरपालिका ५ जहडा स्थितमा सुपाडेबाट लालबजार तर्फ आँउदै गरेको को.प्र.०५–००१ ह ०६१३ न. को अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नं. को सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एक आपसमा ठक्कर खाई दुर्घटना परेको थियो । अरू दुई जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि तत्काल बीपी कोइरा...

उदयपुरमा सवारी दुर्घटनामा २ जनाको मृत्यु, ३ जना घाईते

उदयपुरमा सवारी दुर्घटनामा २ जनाको मृत्यु, ३ जना घाईते
उदयपुर । उदयपुरमा सोमबार बेलका नगरपालिका ५ जहडामा दुई सवारी एक आपसमा ठोकिएर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । सोमबार विहान अन्दाजी ९ः४५ बजेको समयमा बेलका नगरपालिका ५ जहडा स्थितमा सुपाडेबाट लालबजार तर्फ आँउदै गरेको को.प्र.०५–००१ ह ०६१३ न. को अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नं. को सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एक आपसमा ठक्कर खाई दुर्घटना परेको थियो...

उदयपुरमा १ सय ९९ केजी गाँजा सहित एक जना पक्राउ

उदयपुरमा १ सय ९९ केजी गाँजा सहित एक जना पक्राउ
उदयपुर । उदयपुरमा १ सय ९९ केजी गाँजा सहित एक जना पक्राउ परेको छ । सोमबार प्रतिबन्धित लागू औषध जाँजा १ सय ९९ केजी सहित रुपन्देही देवदह नगरपालिका ७ हाल कटारी नगरपालिका ४ बस्ने अन्दाजी २१ वर्षिय सोम मगरलाई पक्राउ गरेको छ । बेतनीबाट कटारी तर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिफरलाई विहान १ः४५ बजेको समयमा कटारी नगरपालिका ४ मरुवा खोला स्थितबाट चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागू औषध १ सय ९९ केजी ग...

डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृत पौडेललाई अख्तियारद्वारा घुस सहित रंगेहात पक्राउ

डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृत पौडेललाई अख्तियारद्वारा घुस सहित रंगेहात पक्राउ
उदयपुर । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उदयपुरबाट डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृतलाई घुस रकमसहित रंगेहात पक्राउ परेको छ । अख्तियारले डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृत भुवन पौडेललाई सेवाग्राहीसँग घुस बापत १६ हजार २ सय ५० रुपैया लिएको अवस्थामा पक्राउ गरेको हो । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विहिबार कार्यालयबाटै पक्राउ गरेको छ । एक सेवाग्राहीसँग घुस मागेपछ...

पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीलाई आपसी सद्भाव कायम राख्न आह्वान

पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीलाई आपसी सद्भाव कायम राख्न आह्वान
उदयपुर । सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा ज्ञानेन्द्र विर विक्रम शाहले दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् । निर्मल निवासस्थित संवाद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा सुनसरीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा उनले चिन्ता व्यक्त गर...

उदयपुरको गाईघाटमै सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा

उदयपुरको गाईघाटमै सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा सुविधा सम्पन्न अस्पतालको अभाव भएको समयमा निजी क्षेत्रको लगानीमा सुविधा सम्पन्न सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल प्रा.लि. आजबाज सञ्चालनमा ल्याइएको छ । कडा खाले रोग लागेमा वा कुनै दुर्घटना भएमा उपचारका लागि बिराटनगर धरान काठमाण्डौ लैजानु पर्ने अवस्थाबाट मुक्त हुन र बाहिर लगेर अत्यन्त महंगो उपचार गराउन नपर्ने गरी सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल सञ्चालनमा ल्याइएको...