उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु, ३६ घाइते, ११ को अवस्था गम्भिर
उदयपुर । उदयपुरमा एक स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । त्रियुगा नगरपालिका– ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी अभिभावक बोकेको बस शनिबार दुर्घटनामा परेको हो ।
मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७ जोगीटोल अँधेरी खण्डमा प्र १०५००१ ख ००४४ नम्वरको बस दुर्घटना भएको थियो । अझेरी झर्नामा पिकनिक खाएर फर्किने क्रममा बस दुर्घटना भएको थ...













