उदयपुर । उदयपुर स्थित मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरगढी गाउँपालिका ७ अधेरी फुस्रेमा बिहिवार मोटरसाइकल दुर्घटनामा श्रीमतिको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

मदन भण्डारी राजमार्ग ७ अन्तर्गत अधेरीमा भएको दुर्घटनामा मृत्यु हुनेमा उदयपुरगढी २ कि यमुना अधिकारी विश्वकर्मा रहेकी छिन् । स ५ प ९९ नम्बरको मोटरसाईकललाई सोही दिसाबाट आउँदै गरेको ना ५ ख २८४२ नं. को मालबाहक ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

ठक्करबाट गम्भीर घाईते भएकी यमुनालाई उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याउँदा चिकित्सकले मृत घोषित गरेको मगरले बताए । मृतकका श्रीमान यम्बरबहादुर विश्वकर्माको सोही अस्पतालमा उपचार भईरहेको इन्सपेक्टर मगरले बताएका छन् ।

तपाईको प्रतिक्रिया