प्रस्तावित शिक्षा विधेयक संशोधन नभए अनिश्चित काल निजी विद्यालय बन्द गर्ने चेतावनी

प्रस्तावित शिक्षा विधेयक संशोधन नभए अनिश्चित काल निजी विद्यालय बन्द गर्ने चेतावनी
उदयपुर । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० विरुद्ध निजी विद्यालय सञ्चालकहरुले आन्दोलन घोषणा गरेका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदै प्याब्सन र एन प्याब्सन उदयपुरले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् । विहिबारबार पत्रकार सम्मेलन गर्दै उनीहरूले विहिबारै पालिका/जिल्ला प्रशासन कार्यालय/शिक्षा विकास तथा समान्वय इकाइ/जिल्ला समन्वय समिति उदयपुरमा ज्ञापनपत्र बुझाएका छन...

कटारीमा छिनछिनमा विद्युत अवरुद्ध भएपछि मेयर श्रेष्ठ पुगे कार्यकारी निर्देशक कुलमान भेट्न

कटारीमा छिनछिनमा विद्युत अवरुद्ध भएपछि मेयर श्रेष्ठ पुगे कार्यकारी निर्देशक कुलमान भेट्न
उदयपुर । कटारी नगरपालिकामा विद्युत छिनमा आउने र छिनमै जाने समस्याले कटारीका सेवाग्राही हैरान भएका छन् । एकैदिन दर्जनौं पटक विद्युत आउने र जाने समस्याले नगरका सेवाग्राही मारमा परेपछि कटारीका मेयर राजेशचन्द्र श्रेष्ठले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेका छन् । झ्याप्प आउने र झ्याप्प जाने विद्युतले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको ...

उदयपुरमा डेंगुका बिरामी बढे, परीक्षणका लागि किट अभाव

उदयपुरमा डेंगुका बिरामी बढे, परीक्षणका लागि किट अभाव
उदयपुर । उदयपुरमा लामखुट्टेको टोकाइबाट हुने डेंगुु संक्रमणका बिरामीको संख्या दिनानु दिन बढेको छ । हालसम्म जिल्लामा ५१ जना डेंगुका विरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । २२० जनालाई चेकजाँच गर्दा ५१ जनामा डेंगू देखिइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका फोकल पर्सन लौकाजी राईले जनाएको छ । त्रियुगा र बेलका नगरपालिकामा २१÷२१ जनामा डेंगू देखिएको छ भने चौदण्डीगढी नगरपालिकाम...

उदयपुरमा ठूलो परिणाममा लागूऔषध सहित दुई जना पक्राउ

उदयपुरमा ठूलो परिणाममा लागूऔषध सहित दुई जना पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषध सहित दुई जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ लालपत्तामा शनिबार चेकजाँचको क्रममा पक्राउ परेको हो । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ४ फर्सेट बस्ने वर्षीय १८ आयुस आयुस चौधरी र सोही ठाउँका वर्षीय १९ दिपेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उनीहरुको साथबाट प्रतिवन्धित लागुऔषध फेनार्गन ४१ एम्पुल, डाईजेपाम...

उदयपुरमा सामाजिक संजालमार्फत एक अर्ब बढी ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका ७ जना पक्राउ

उदयपुरमा सामाजिक संजालमार्फत एक अर्ब बढी ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका ७ जना पक्राउ
उदयपुर - उच्चतम प्रविधिको उपयोग गर्दै एक अर्बभन्दा बढी रुपैयाँ ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका ७ सदस्यलाई उदयपुर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेकामा भारत उत्तराखण्ड राज्यको राज्य पौडी गढवाल, एमकेश्वर ब्लक घर भएका ३६ वर्षीय आई.टी.इञ्जिनियर प्रवीण भट्ट र विराटनगर महानगरपालिका ६ घर भएका आई.टी इन्जिनियर हेमराज साह हुन् । ठगी गर्ने सवैलाई बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्...

उदयपुरमा ट्राफिक प्रहरीको ‘लापसे’ अभियान सुरु

उदयपुरमा ट्राफिक प्रहरीको ‘लापसे’ अभियान सुरु
उदयपुर । सार्वजनिक सवारीसाधनका कर्मचारी, चालक, सहचालक, परिचालकलाई लक्षित गरेर ट्राफिक प्रहरी कार्यालय उदयपुरले लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ । ट्राफिक सप्ताहको अवसर पारेर त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लापसे चेकजाँच अभियान सुरु गरेको हो । यो अभियानको औपचारिक रूपमा उद्घाटन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आइतबार शुभारम्भ गरे । सार्वजनिक सवारीसाधनका चालक, सहचा...

कोशीमा प्रधानमन्त्री प्रचण्डका ज्वाइँ मन्त्रीमा दोहोरिए, प्रदेश सांसद बुर्जामगरले दिए राजीनामाको चेतावनी

कोशीमा प्रधानमन्त्री प्रचण्डका ज्वाइँ मन्त्रीमा दोहोरिए, प्रदेश सांसद बुर्जामगरले दिए राजीनामाको चेतावनी
उदयपुर । उदयपुरबाट निर्वाचित कोशीका प्रदेशसभा सदस्य नारायण बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने मनसायमा रहेको बताएका छन् । उदयपुर २(१) बाट दुईपटक प्रदेशसभा सदस्यमा निर्वाचित उनले आफू र आफ्नो क्षेत्रका मतदाताप्रति अन्याय भएको बताएका छन् । आइतबार दिउँसो उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘म र मेरो मतदातामाथि बारम्बार अन्याय भयो । दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचि...

उदयपुरमा महिलामाथि हातपात र दुर्व्यवहार गर्ने वडाध्यक्ष पक्राउ

उदयपुरमा महिलामाथि हातपात र दुर्व्यवहार गर्ने वडाध्यक्ष पक्राउ
उदयपुर । महिलामाथि हातपात र दुर्व्यवहार गरेको आरोप लागेका उदयपुरको चौदण्डीगढी नगरपालिका ९ का वडा अध्यक्ष प्रकाश राउत पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय वेल्टारले शनिवार राउतलाई पक्राउ गरेको हो । सर्वोदय सामुदायिक वन उपभोक्ता समुहको क्षेत्र भित्र पर्ने छिडी खोलामा अवैद्य रुपमा ढुङ्गागिट्टी उत्खनन रोक्न पुगेकी स्थानीय सुनिता श्रेष्ठ सहित चार जनालाई हातपात र दुर्व्यवहार गरेको आरोपमा राउतलाई ...

सवारी दुर्घटना न्यूनीकरण गर्न उदयपुरमा ‘ट्राफिक सप्ताह २०८०’ शुरु (फोटो फिचरसहित)

सवारी दुर्घटना न्यूनीकरण गर्न उदयपुरमा ‘ट्राफिक सप्ताह २०८०’ शुरु (फोटो फिचरसहित)
उदयपुर । उदयपुरमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह २०८०’ शुरु गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजना र जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय उदयपुरको सहकार्यमा मंगलबारदेखि सप्ताहव्यापी ट्राफिक सप्ताहव्यापी सचेतना अभियान शुरु गरिएको हो । उदयपुरमा सडक सुशासन तथा सवारी दुर्घटना न्युनिकरणको लागि आन्तरिक मामिला त...

उदयपुर सिमेन्टका महाप्रबन्धकद्वारा राजीनामा, जाँदाजाँदै रिजेक्ट कोइला आपूर्ति कम्पनीलाई ७० लाख भुक्तानी

उदयपुर सिमेन्टका महाप्रबन्धकद्वारा राजीनामा, जाँदाजाँदै रिजेक्ट कोइला आपूर्ति कम्पनीलाई ७० लाख भुक्तानी
उदयपुर - सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् । नियमित उत्पादन गर्न नसकेको उदयपुर सिमेन्टलाई २ वर्षमै १ अर्ब बढीको आर्थिक भार थपिएको छ । उद्योगका अवकाश प्राप्त कर्मचारीको सुविधा, विद्युत् महशुल, सरकारी अन्तःशुल्क, कर्मचारी र सामान सप्लायर्सको टीडी...