सुखिलाल चौधरी, उदयपुर । महालेखापरीक्षकको कार्यालयले ६३ औँ वार्षिक प्रतिवेदन प्रतिवेदनले उदयपुरका स्थानीय तहमा २ अर्ब १५ करोड ५३ लाख १६ हजार ६ सय ४४ रुपैयाँ ५७ पैसा बेरुजु देखाएको छ । आर्थिक बर्ष २०८१/८२ मा ४ नगरपालिका र ४ गाउँपालिकासहित ८ स्थानीय तहको ११ अर्ब ९७ करोड ७६ लाख ७२ हजार बराबरको लेखापरीक्षण सम्पन्न भएको छ ।
आव २०८०/८१ सम्म संघ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न समितिमा सरकारी बेरुजु रकम १ अर्व ९२ करोड ९८ लाख २० हजार ७ सय १८ रुपैया ५७ पैसा रहेको थियो भने आव २०८१/८२ मा १६ करोड ९४ लाख ९६ हजार ३ सय ४१ रुपैया बेरुजु थप भई २ अर्ब १५ करोड ५३ लाख १६ हजार ६ सय ४४ रुपैयाँ ५७ पैसा पुगेको छ ।
आव २०८१/८२ मा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराइएपछि ४ करोड २० लाख ४० हजार ६ सय रुपैयाँ फस्यौट भएको छ । बाँकी बेरुजुमध्ये ४९ लाख २७ हजार ९ सय ११ रुपैयाँ असुल गर्नुपर्ने, ८ करोड ६३ लाख२८ हजार ६ सय ११ रुपैया अनियमित भएको र ७ करोड २५ लाख ५१ हजार २ सय ३० रुपैया प्रमाण कागज पेश नभएको तथा ५६ लाख ८८ हजार ५ सय ८९ रुपैया म्याद नाघेको पेश्की रहेको छ ।
उदयपुरको बेरुजू मध्ये सवैभन्दा बढी त्रियुगा नगरपालिकाको पुगेको छ भने सवैभन्दा कम रौतामाई गाउँपालिकाको रहेको छ ।
कुन पालिकामा कति बेरुजू ?
त्रियुगा नगरपालिकाको बेरुजू ५९ करोड ३१ लाख ४८
उदयपुरको सवैभन्दा बढी बेरुजू त्रियुगा नगरपालिकाको पुगेको छ । त्रियुगा नगरपालिकामा आव २०८१/८२ को आय र व्यायतर्फ २ अर्व ९७ करोड १८ लाख ४५ हजारको लेखापरीक्षणबाट ६ करोड ६० लाख ४६ हजार बेरुजू देखिएकोमा त्यसबाट १ करोड ४४ लाख ४८ हजार फर्छौट असुल गर्नुपर्ने १५ लाख १५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ७४ लाख ८५ हजार, नियमित गर्नुपर्ने ३ करोड २५ लाख ३१ हजार र पेश्की बाँकी १ लाख ९४ हजार गरी ५ करोड १७ लाख २६ हजार बाँकी रहेको छ । आव २०८०/८१ सम्म कायम बेरुजू ६३ करोड ९१ लाख ११ हजार मध्ये १० करोड ६९ लाख ८३ हजार फर्छौट भई ९२ लाख ९३ हजार सम्परीक्षणबाट बेरुजु थप भई हालसम्म आवद्यिक बेरुजू ५९ करोड ३१ लाख ४८ हजार पुगेको छ ।
कटारी नगरपालिकाको बेरुजु ४६ करोड ९६ लाख ६४ हजार
कटारी नगरपालिकामा आव २०८१/८२ मा आय र व्यायतर्फ १ अर्व ६५ करोड ४० लाख ८८ हजारको लेखापरीक्षबाट २ करोड ४१ लाख ४५ हजार बेरुजु देखएको छ । प्रक्रियाबाट ८८ लाख ८७ हजार सम्परीक्षण भई असुल गर्नुपर्ने ७ लाख २३ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ४२ लाख ६५ हजार, नियमित गर्नुपर्ने १ करोड २ लाख ९७ हजार गरी जम्मा १ करोड ५२ लाख ८ हजार कायम भएको छ । आर्थिक वर्ष २०८०/८१ सम्म कायम बेरुजु ४५ करोड ४२ लाख ६८ हजारमा हालसम्मको आवद्यिक बेरुजु ४६ करोड ९६ लाख ६४ हजार पुगेको छ ।
बेलका नगरपालिकाको बेरुजू ३० करोड ६ लाख ८९ हजार
बेलका नगरपालिकामा आव २०८१/८२ को आय र व्यायतर्फ १ अर्ब ८३ करोड ९७ लाख २० हजार लेखापरीक्षण गर्दा २ करोड २ लाख ४७ हजार बेरुजु देखिएको छ । सो अवधिमा कुनै पनि फर्छौट भएको छैन । सो बेरुजू मध्ये असुल गर्नुपर्ने ५ लाख १५ हजार, नियिमत गर्नुपर्ने ३५ लाख १४ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड २३ लाख ८६ हजार र पेश्की बाँकी ३८ लाख ३० हजार गरी जम्मा .२ करोड २ लाख ४७ हजार रहेको छ । आव २०८०÷८१ सम्म कायम बेरुजू २८ करोड ४ लाख ४२ हजारमा हाल थप भई आवद्यिक बेरुजू ३० करोड ६ लाख ८९ हजार पुगेको छ ।
चौदण्डीगढी नगरपालिकाको बेरुजु २४ करोड ८२ लाख ५८ हजार
चौदण्डीगढी नगरपालिकामा आव २०८१८२ मा २ अर्ब/ ४ करोड ९४ लाख ८८ हजार लेखापरीण गर्दा १ करोड ९१ लाख ३८ हजार (०.९३ प्रतिशत) बेरुजु देखएको छ । सो मध्ये ३७ लाख १७ हजार प्रतिक्रियाबाट सम्परीक्षण भई असुल गर्नुपर्ने ९ लाख ७९ हजार, नियिमत गर्नुपर्ने १ करोड ३० लाख ७७ हजार र प्रमाण कागजात पेस गर्नुपर्ने १३ लाख ६५ हजार गरी जम्मा १ करोड ५४ लाख २१ हजार रहेको छ । गत वर्षसम्म कायम भएको बेरुजु .२४ करोड ८५ लाख ५५ हजार मध्ये १ करोड ५७ लाख १८ हजार १ सय ५४ रुपैया सम्परीक्षण भई हाल थप समेत हालसमको आवद्यिक बेरुजु २४ करोड ८२ लाख ५८ हजार ८५ रुपैया पुगेको छ ।
ताप्ली गाउँपालिकाको २१ करोड ४५ लाख ९ हजार
ताप्ली गाउँपालिकामा आव २०८१/८२ मा आय र व्याय तर्फ कुल ६९ करोड ९१ लाख ५८ हजारको लेखापरीक्षणबाट २ करोड ८७ लाख ७९ हजार बेरुजू देखिएकोमा त्यसमध्येबाट २७ लाख २० हजार सम्परीक्षण भई त्यसबाट ४० हजार बेरुजु थप भई असुल गर्नुपर्ने २ लाख ४८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ६१ लाख ५८ हजार, नियमत गर्नुपर्ने ९१ लाख २५ हजार गरी जम्मा २ करोड ६० लाख ९९ हजार बाँकी रहेको छ । आव २०८०८/१ सम्म कायम बेरुजू १८ करोड ८४ लाख ९ हजारमा हालसम्म आवद्यिक बेरुजु २१ करोड ४५ लाख ९ हजार पुगेको छ ।
लिम्चुङबुङ गाउँपालिकाको बेरुजु २१ करोड १२ लाख ६० हजार
लिम्चुङबुङ गाउँपालिकामा आव २०८१/८२ मा आय र व्यायतर्फ ५६ करोड ९७ लाख ८६ हजारको लेखापरीक्षणबाट २ करोड २६ लाख ४४ हजार बेरुजू देखिएकोमा त्यसबाट ७ लाख २ हजार सम्परीक्षण भई असुल गर्नुपर्ने १ लाख ३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड २८ लाख ७४ हजार, नियमित गर्नुपर्ने ८१ लाख ५९ हजार र पेश्की बाँकी ८ लाख ३ हजार गरी जम्मा २ करोड १९ लाख ४१ हजार बाँकी रहेको छ । आव २०८०/८१ सम्म कायम बेरुजू १८ करोड ९३ लाख १९ हजार मध्ये आव २०८१÷८२ मा कुनै सम्परीक्षणका लागि पेश नभएकोले हालसम्मको आवद्यिक बेरुजु २१ करोड १२ लाख ६० हजार पुगेको छ ।
उदयपुरगढी गाउँपालिकाको बेरुजू ६ करोड ८ लाख ५८ हजार
उदयपुरगढी गाउँपालिकामा आव २०८१/८२ को आय र व्यायतर्फ १ अर्व २३ करोड १४ लाख हजारको लेखापरीक्षणबाट १ करोड ३७ लाख ४६ हजार बेरुजू देखिएकोमा ३९ लाख ७४ हजार ६ सय फर्छौट भई असुल उपर गर्नुपर्ने ७ लाख ६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने .३२ लाख २७ हजार, नियिमत गर्नुपर्ने ७ लाख ४ हजार र पेश्की बाँकी २ लाख ९२ हजार गरी जम्मा ९७ लाख ७१ हजार बाँकी रहेको छ । आव २०८०/८१ सम्म कायम बेरुजू ५ करोड ८४ लाख ३७ हजार मध्ये ७३ लाख ५० हजार फर्छौट भई हालसम्म आवद्यिक बेरुजू ६ करोड ८ लाख ५८ हजार पुगेको छ ।
रौतामाई गाउँपालिकाको बेरुजु ५ करोड ६९ लाख ४७ हजार
उदयपुरको सवैभन्दा कम बेरुजू रौतामाई रहेको छ । रौतामाई गाउँपालिकामा आव २०८१/८२ मा आय र व्यायतर्फ कुल ९६ करोड २५ लाख ७९ हजारको लेखापरीक्षणबाट १ करोड ६६ लाख ३ हजार बेरुजू देखिएकोमा त्यसबाट ७५ लाख ९२ हजार फर्छौट भई असुल गर्नुपर्ने १ लाख ३५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ४७ लाख ९८ हजार, नियमत गर्नुपर्ने ४० लाख ७७ हजार गरी ९० लाख १० हजार बाँकी रहेको छ । आव २०८०/८१ सम्म कायम बेरुजु ४ करोड ७९ लाख ३६ हजारमा हालसम्मको आवद्यिक बेरुजु ५ करोड ६९ लाख ४७ हजार पुगेको छ ।








