जोगिदहमा विपन्नलाई सुगुरको पाठा र बोका वितरण
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाले वडाका विपन्न महिलाहरुलाई उन्नत जातको बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर–१ जोगिदहले आदिवासी जनजाती महिला लक्षित कार्यक्रम अन्तरगत शनिबार एक कार्यक्रमको विच उन्नत जातको सुगुर, बिउ बोका र कुखुरा वितरण गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका विपन्न महिलालाई आयआर्जनमा टेवा पु¥याउँदै आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सुगँरको पाठ...













