हत्याको आशंकामा दुई जना प्रहरीको नियन्त्रणमा

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा–३ मा १५ वर्षीय बालिकाको शव फेला परेको छ । कोशी जनता माविमा पढ्ने बालिका बिहान साढे चार बजेतिर ट्युसन पढ्न भनेर घरबाट निस्केकी १५ वर्षीया किशोरी कविता सुनुवारको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
स्थानीय बासिन्दाले बिहान ७ बजे किशोरीको शव फेला परेको जानकारी दिएपछि प्रहरीले घटना स्थल सुरक्षित गरेको छ । घरबाट भन्दा झन्डै दुई किलोमिटर टाढा खोल्साको किनारमा शव भेटिएको थियो ।

यस्तै हत्याको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजप्रसाद दाहालले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिइएको जनाए । प्रहरी नियन्त्रणमा रहेको बारेमा अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया