भवन निर्माणको बाटो खुल्यो
गाईघाट । बाल मन्दिर मावि बोक्सेको निर्माण रोक्न परेको रिट उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाल बाल संगठन केन्द्रीय कार्या समिति बाल मन्दिर नक्साल काठमाण्डौले दायर गरेको निषेधाज्ञा परामादेश रिटको मंगलबार अन्तरिम आदेश दिने वा नदिने भनेर छलफलको लागि बोलाईकोमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
गत चैत्र २२ गते रिटको प्रारम्भिक सुनुवाई गर्दै अदालतले विद्यालयलाई भवन निर्माण कार्यमा रोक लगाएपनि मंगलबारको बसेको उच्च अदालत विराटनगरको न्यायधिश सत्य मोहन जोशी थारु र जगत नारायण प्रधानको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । र्=साविक भुमरसुवा गा.वि.स. वडा नं. ४ छ को कि.न. १८७ को १–१४–१–० जग्गा विपक्षी मध्येको बाल मन्दिर बोक्सेको जग्गा भएको साथ संलग्न जग्गा धनी दर्ता प्रमाण पुर्जा र बहसका क्रममा विपक्षीका कानून व्यवसायीबाट पेश भएको मालपोत कार्यालय उदयपुर गाईघाटको मिति २०७५÷४÷२ को निर्णय –विषय–श्रेस्ता यथावत कायम) को प्रतिलिपिबाट देखिन्छ’ आदेशमा भनेको छ । रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेससँगै बालमन्दिरको विद्यालय भवन निर्माणको लागि बाटो खुल्ला भएको छ ।
बाल संगठनले बाल मन्दिर माध्यामिक विद्यालय, विद्यालयका प्रधानाध्यापक जंग बहादुर खड्का, विद्यालयका अध्यक्ष तथा वडा अध्यक्ष प्रकाश कुमार खड्का, त्रियुगा नगरपालिका गाईघाट उदयपुर, त्रियुगा नगरपालिका गाईघाट उदयपुरका नगर प्रमुख बलदेव चौधरी र थापा निर्माण सेवा मन्थली–१ रामेछापका संचालक ठेकेदार कृष्ण राउतलाई विपक्षी बनाएर दायर गरेको रिट थियो ।

भारतीय राजदुतावास, शिक्षा मन्त्रालय, त्रियुगा नगरपालिका र बाल मन्दिर विद्यालय विच सम्झौता भएर विद्यालय भवन बनाउन थालिएपछि बाल संगठन उदयपुरका अध्यक्ष भुवन दालालले एक वर्ष अघिदेखि नै अवरोध खडा गर्दै आएको स्रोतले जनाएको छ । स्रोतका अनुसार बाल मन्दिर विद्यालय र नेपाल बाल संगठन छुट्टाछुट्टै संस्था भएकोले आ–आफ्नो कानून नीति नियम छ । भवन बनाउन गत बैशाखदेखि अवरोध हुँदै आएको छ ।
कहिले जग्गाको विषयमा विवाद भएको छ भने कहिले बाल संगठनले ठेक्का प्रक्रिया अगाडी बढाउने, कहिले समिति मार्फत काम लगाउने लगायतका विषयमा संगठनका अध्यक्ष दाहालसँग विवाद हुँदै आएको स्रोतले जनाएको छ ।
गत बैशाखमा केन्द्रीय बाल संगठनलाई पत्राचार गरेर विद्यालय भवन बनाउन अवरोध खडा गरेदेखि कहिले मन्त्रालय त कहिले भारतीय राजदुतावासमा पत्राचार गरेर बाल संगठनले भवन बनाउन पाउनु पर्ने लगायतका माग राख्दै अवरोध गरेका स्थानीय विमल श्रेष्ठले जानकारी दिए ।
जिल्ला कै बालबालिकाको सर्वाङ्गिन विकास तथा बाल अधिकारमा लाग्नु पर्ने व्यक्ति आज बालबालिका पढ्नको लागि बन्न लागेको भवन निर्माणमा अवरोध खडा गर्नुले यसमा राजनीतिक घुसपैठ भएको स्थानीय विमल श्रेष्ठ बताउँछन् ।
‘नेकपा एमालेको मेयरको टिकट दाबी गर्ने राउत थरको व्यक्ति र बाल संगठनको सभापति भुबन दाहालले बोक्से स्थित १० नम्बर वडामा बन्दै गरेको बाल मन्दिरको स्कूल भबन निर्माण कार्य रोक्ने आदेश बिराट्नगर उच्च अदालतबाट ल्याएको हुँदा सो निर्माण कार्य सुचारु गरि पाउ भनेर प्रतिबादी खापियो’ भनेर श्रेष्ठले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
श्रेष्ठको एक हप्ता अघिको फेसबुक स्टाट्समा ‘बोक्सेमा बन्न लागेको बालबालिका पढ्ने स्कुल भबन रोक्नुको कारण, गरिब निमुखाको छोराछोरी पढे र शिक्षित भए भने हामीले राजनीति गर्नु पाउदिन पो भन्ने कारणले रोकेको हो कि ??? १० नम्बर वडा बासीको बच्चा मात्रै हैन ??? त्यो स्कुल बन्यो भने देश भरिको बाल बच्चाले पढ्न पाउँछन् ।।। शिक्षाको ज्योति रोक्ने काम बाल बालिकाको हितमा काम गर्ने अहिले सम्म बाल बालिकालाई एउटा चकलेट सम्म बाँडन नसक्ने बाल संगठनको सभापति भुबन दाहालले गरिराखेको छ जो एमाले विद्यार्थी संगठन अनेरास्ववियुको नेता पनि यस्ताले विद्यार्थीको हकमा के गर्ला ??? पार्टीको जोखिम थप्ने काम गर्दैछ समन्धित निकाय ले ध्यान पुर्याओस ।। यो काम गलत हो ।।।’
नेकपा एमाले निकट अनेरास्ववियुको जिल्ला संयोजक समेत रहेका दाहालले विद्यालय भवन बनाउन अवरोध गर्नु नितान्त राजनीतिक घुसपैठ रहेको स्थानीयहरुले पनि आरोप लगाएका छन् ।
यस विषयमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष प्रकाश कुमार खड्काले विद्यालय भवन निर्माणका लागि बाल संगठनको अघिलो कार्यसमितिसँग संगठनको जग्गामा भवन निर्माणको लागि सम्झौता भएको बताए ।
बाल मन्दिर विद्यालयको जग्गामा सांसद डा. नारायण खड्काको पहलमा भारतीय राजदुतावासको ४ करोड ९८ लाख १४ हजार ४ सय ८१ रुपैया ८७ पैसा (भ्याट र कन्टिन्जेन्सी सहित) को लागतमा उक्त भवन बन्न लागेको हो ।
बिद्यालय भवन निर्माणका लागि थापा निर्माण सेवा, मन्थली, रामेछाप, वागमती प्रदेशसँग २०७८÷६÷१९ मा सम्झौता भएअनुसार २०७९÷९÷२१ सम्ममा योजना सम्पन्न गर्नु पर्ने छ ।









