उदयपुर । टुयुसन पढ्न घरबाट निस्किएकी एकजना किशोरीको उनकै साथीबाट हत्या भएको खुलेको छ । उदयपुरको बेलका नगरपालिका वडा नम्बर–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत वर्ष १६ की कविता सुनुवारको हत्या आशंकामा उनकै साथी १७ वर्षीया सरिता ढकाल पक्राउ परेको छ ।
कविताको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले अर्का भारत सिक्किम राज्य बियुङ घर भई बेलका नगरपालिका ३ बस्ने १९ वर्षिय विनोद ढकाल (खत्री) लाई पनि पक्राउ परेको छ । पक्राउ परेका ढकाल मायाको ठूलो बुवाका छोरा हुन् ।

कक्षा १० मा अध्ययनरत छात्रा कविताको शव विहान ७ बजे स्थानीयले यशोदा खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थियो । क्षतविक्षत भएको अवस्थामा मृतकको शव फेला परेको प्रधानाध्यापक सूर्यनारायण साहले बताए ।

हका अनुसार उनीहरु बिहान ४ बजे नै ट्युसन पढ्नेबारे सल्लाह भएको थियो । मृतक कविता र उनकी साथी दुवै जनता माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी हुन् । साथीसँग फोनमा सल्लाह भएपछि घरबाट विद्यालय हिँडेकी कविताको शव अनुहार भरी चोटै चोट लागेको अवस्थामा भेटिएको हो ।

उता कवितालाई ट्युसन पढ्न बोलाएकी सरिता विद्यालय नपुगी बाटैबाट घर फर्किएको पनि खुलेको छ । प्रधानाध्यापक साहका अनुसार कविता र उनको हत्यामा संलग्न सरिताको घर नजिकै पर्छ ।

उनीहरु अध्ययनरत विद्यालयले एसईई आउन लागेपछि बिहानैदेखि ट्युसन कक्षा राखेको थियो । तर मंगलबार ट्युसन पढ्न हिँडेकी कविताको शव घरबाट केही सय मिटर दूरीको यशोदा खोला भेटिएको हो ।

प्रहरी स्रोतका अनुसार कविताको हत्याका क्रममा बियरको बोतल र ढुंगा दुवै प्रयोग गरेको पाइएको छ । ‘एक ठाउँमा बियरको बोतल र ढुंगाले हानेर ढालेपछि घिसार्दै लगेर अर्को ठाउँमा छाडेको देखिन्छ’, एक प्रहरी अधिकारीले भने, ’घिसार्ने क्रममा भुइँभरी रगत देखिएको छ । कविताको अनुहार पनि नराम्ररी क्षतविक्षत बनाइएको भेटिएको छ ।’

प्रहरीका अनुसार बिहान ६ बजेदेखि ट्युसन कक्षा हुने भएकाले कविता ५ बजे पछाडि घरबाट निस्किएकी थिइन् । यो घटना पनि उनी विद्यालय पुग्न नपाउँदै साढे ५ को आसपासमा भएको अनुमान प्रहरीले गरेको छ ।प्रहरीका अनुसार कविताका बुवा र दिदी घटना हुँदा घरबाट निस्किएका थिए । उनी कविताकी दिदीलाई साथमा लिएर धरान गएका हिँडेका खुलेको छ । कविताको गाउँबाट विद्यालयसम्म पुग्ने बस्ती नभएको आधा घण्टाको बाटोमा हत्या भएको हो ।

यो घटना कविता र सरिताको रिसइबीका कारण भएको हुन सक्ने प्रहरीको अनुमान छ । रिसइबी साँध्न सरिताले आफ्ना ठूलो बुवाका छोरालाई पनि प्रयोग गरेको खुलेको छ । पक्राउ परेका दुवैसित प्रहरीले प्रारम्भिक सोधपुछ मात्र गरेको छ । हत्या अभियोग प्रमाणित हुने ’क्लु’ भेटेपछि प्रहरीले उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गर्न सदरमुकाम गाईघाटमै रहेको छ ।

यद्यपि, प्रहरीले अनुसन्धानबाट थाहा पाएका प्रारम्भिक विवरणहरू औपचारिकरूपमा सार्वजनिक गरिएको छैन । प्रहरी स्रोतका अनुसार कवितालाई सरिताले फोन गरी बोलाएको र विनोद पछिपछि गएको आरोपितले स्विकारेका छन् । हत्या गरिएकी किशोरी र आरोपित दाजुबहिनीलाई चिन्ने स्थानीयका अनुसार कवितालाई एकतर्फी मन पराउने विनोदले केही दिनअघि प्रेम प्रस्ताव राखेका थिए । तर कविताले अस्वीकार गरेकी थिइन् ।

प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण विनोदले कविताको हत्या गरेको हुनसक्ने प्रहरीको पनि आशंका छ । यसमा विनोदकी बहिनी पर्ने सरिताले सहजीकरण गरेको शंका छ । कविताको शव घरभन्दा करिब दुई किलोमिटर पूर्व भेटिएको थियो ।

बेलका–३ का वडाअध्यक्ष भरत दर्लामीका अनुसार यशोदा खोलाको पूर्वतिर रहेको बाँसघारीबाट ५०-६० मिटर तलसम्म कवितालाई घिसारेको देखिन्छ । त्यसपछि उनको टाउकोमा ढुंगा प्रहार भएको देखिएको उनले बताए । ‘अनुहार नचिनिने गरी ढुंगाले हानिएको छ । घिसारेको ठाउँमा रगतको टाटा छ,’ घटनास्थल पुगेका दर्लामीले भने । कविताको हत्यापछि काठको मुढाहरू थोपरिएको ठाउँमा लगेर घोप्टो पारी राखिएको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीले कविताको हत्या गरेको आरोपमा सरिता र विनोदलाई पक्राउ गरी अनुसन्धान थाले पनि स्थानीयबासीले इलाका प्रहरी कार्यालय अगाडि नाराबाजी सहित अवेरसम्म घेरेका थिए । अनुसन्धानमा कुनै कमजोरी नगर्न उनीहरूको खबरदारी गरेको थियो ।

यस्तै महिला र विद्यार्थीले घटनास्थलनजिकै पनि प्रदर्शन गरेका थिए । कोशी जनता माविले एक विज्ञप्तीमार्फत कविताको हत्यारालाई हदैसम्मको कारबाहीको माग गरेको छ । घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ । किशोरीको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमर्टमका लागि पठाइएको छ ।

तपाईको प्रतिक्रिया