उदयपुर / उदयपुरको कटरी नगरपालिका– ५ खाडिखोपमा श्रीमानद्धारा श्रीमतिको हत्या गरेको छ । सोमवार बिहान शौचालय बसि रहेकी ३७ वर्षिय नानु खनालको श्रीमानद्धारा हत्या गरेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएका छन । घरायसी बिवादको कारण श्रीमान पोष्टराज दाहालले शौचालय बसि रहेकै स्थानमा दाउराले हिर्काएर हत्या गरेको प्रहरीको भनाई रहेको छ ।
बिहान करिब साँढेल चार बजेतिर शौचालय गएकी खनालको घरको आँगनमा रहेको दाउराले हिर्काउदा उनको घटनास्थलमा नै ज्यान गएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । प्रहरीले घटनास्थल प्रकृति मुचुल्का गरि शबलाई कटारी अस्पतालमा पोष्टमार्डमका लागि ल्याएका छन भने श्रीमान पोष्टराज दाहाललाई नियन्त्राण्मा लिएको छ । प्रहरीले थप अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।









