ट्याक्टर दुर्घटना अपडेट : गम्भिर घाइते तीन जनालाई नोवेल हस्पिटल रेफर
सुखिलाल चौधरी, उदयपुर / उदयपुरको बेलका नगरपालिकामा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर आइतबार साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ३३ मध्ये आठ जनाको अवस्था गम्भीर छ भने २५ सामान्य छन् ।
मदन भण्डारी लोकमार्ग अन्र्तगतको धरान–चतरा–गाईघाट सडक खण्डको बेलका नगरपालिका ८ रङ्गमहलमा स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा बेलका नपा २ का १९ वर्षीया विनिता चौधरी, २० वर्षीय इन...










