उदयपुर / विश्वमा जलवायु परिवर्तनसंगै उदयपुरमा कहिलै नसुक्ने पानीका मुहानहरु सुख्न थालेका छन् । विश्वमा जलवायु परिवर्तनसंगै उदयपुरको चुरे क्षेत्रमा बसोबसा गर्ने बस्तिमा खानेपानीको समस्या बढेको छ । पछिल्लो समय चुरे पहाडी क्षेत्रमा पानीको मुहान सुक्दै जानेक्रम वर्षेनी बढ्दै गएपछि समस्या बढेको हो ।
अहिले चुरे क्षेत्र बिनास हुदैछ । चुरेक्षेत्रबाट निकालिएको ढुङ्गा, बालुवा र वन विनासबाट चुरे क्षेत्रनै विनास हुदै गएको छ । चुरे क्षेत्र बचाउनु पर्दछ भन्दै केहि संघ÷सस्थाहरुले आवाज उठाएपनि त्यो आवाज राज्यले सुनेको छैन ।
विगत लामो समयमा खानेपानी दिने पानीका मुहान सुक्न थालेपछि सर्वसारधण चिन्तित बनेका छन । चुरे जंगलक आसपासका बस्तीमा भएका इनार, कुवा तथा ट्युवेलमा सुख्खा मौसम सुरुभएपनि पानी ठप्पै हुने गरेको सर्वसाधरणको भनाइ छ ।
चुरे क्षेत्रमै पर्ने कटारी नगरपालिकाका संजिव कटुवालले सुख्खा मौसम सुरुभएसँगै टोलमै खानेपानीको समस्या आइपरेको बताए । ‘हाम्रो तिर मात्र होईन, कटारी नगरपालिका उदयपुरगढी गाँउपालिका सवैतिर चुरे क्षेत्र पर्छ,’ उनले भने, ‘चुरे क्षेत्रमा पानी सुक्दै जान थालेको छ । पानी नै सुक्न थालेपछि खानेपानी कै समस्या सुरु भएको छ ।’
चुरे क्षेत्रमा बसोबास गर्ने सर्वसाधरण मारमा परेको बताउँछन । पानी स्रोत सुक्दा वन्यजन्तु समेत प्रभावित बनेका छन । चुरे वन क्षेत्रमा लोपउन्मुख निल गाई देखिनै छाडेको उदयपुरगढी हाडेवासका होसबहादुर परियार बताउँछन । ‘पानी सुक्न थालेपछि निल गाई, झारल, घोरल र मयुर जस्ता जंगली जनावर समेत हराउन थालेका छन,’ उनले भने, ‘पानीका मुहान सुक्न थालेपछि जनावरमात्रै होइन, मानवलाई समेत सास्ती सुरु भएको छ ।’


उदयपुरको कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका र उदयपुरगढी गाँउपालिका चुरे क्षेत्रमा पर्दछ । चुरे पहाडमा मुहान भएका सिरहा, सप्तरी र उदयपुरतर्फ बग्ने साना र ठूला गरी ३ दर्जनभन्दा बढी खोलामा पानी देखिन छोडिएको छ । सिरहा र सप्तरीतर्फ तथा करिब २ दर्जन खोला उदयपुरतर्फ बग्ने गरेका छन् । सिरहाको बलान र सप्तरीको महुली, खाडो लगायतका खोलामा वर्षातको समयमा पानीभन्दा बढी बालुवा र माटोको लेदो बग्ने गरेको सर्वसाधरणको भनाइ छ ।


सुख्खा मौसममा मात्र नभएर वर्खायममा पनि पाँच वर्ष अघि आउने पानी अहिले घटेर गएको छ । पानीकै समस्याको कारण पशुपालन र कृषि खेती गर्नेलाई समेत समस्या परेकोे कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठको भनाइ छ । ‘विश्वमा दिनानु दिन जलवायु परिवर्तनको चाप बढेको बढै छ जसले गर्दा हाम्रो उदयपुरमा पनि यस्को समस्या देखिएको हो ।’ मेयर श्रेष्ठले भने, ‘क्रमिक रुपमा चुरे क्षेत्रमा पानी सुक्ने क्रम जारी छ,सुख्खा मौसम सुरु भएपछि पानी सुक्नेक्रम झनै बढेर गएको छ, खानेपानीकै व्यवस्थापन गर्ने खानेपानीकै लागि ठुला आयोजना ल्याउन पर्ने वेला आएको छ ।’ चुरेक्षेत्रबाट भएका विभिन्न विकास निर्माण र वर्षेनी हुने चुरे दोहका कारण चुरे क्षेत्रमै बसोबास गर्ने सर्वसाधरण मारमा परेका छन ।

तपाईको प्रतिक्रिया