सुखिलाल चौधरी, उदयपुर /
कसमस सिमेन्ट उद्योगले चुनढुंगा बोक्न प्रयोग गर्दै आएको ट्रिपरहरुले तोकिएको भन्दा बढि भार ढुवानी बोकेको चुन ढुंगा सडक किनारमै खसाल्न लगाएको छ । उदयपुरगढी गाउँपालिकाको वडा नं. ४ र ८ स्थित सरुने गाउँबाट कसमस सिमेन्ट उद्योगले चुन ढुंगा बोक्दै आएको छ ।
टिफरहरुले भारभन्दा बढी दुई तीन टन बोक्न थालेपछि ट्राफिक प्रहरी पोष्टले सडकमा ट्रिपरहरु रोकेर डालाभन्दा माथिका चुनढुंगा सडक किनारमै खसाल्न लगाउने गरेको छ ।
दुई दर्जन टिफरहरुको बढि लोड सडकमा खसाल्न लगाएको ट्राफिक प्रहरी पोष्ट जलजलेमा खटिएका ट्राफिक प्रहरी जवान गोविन्द पौडेलले जानकारी दिए । उनका अनुसार बढी लोड बोक्ने टिफरको चुन ढुंगा खसालिएको छ भने आगामी दिनमा फेला परे कारवाही गर्ने चेतावनी समेत दिइएको बताए । उदयपुरगढी गाउँपालिकाले चुन ढुंगा उत्खन्नको लागि ठेक्कामा नलाएर अमानतमा ढुवानी गर्न दिईएको छ ।


यस्तै जिल्लाको बेलका नगरपालिका ८ मा यात्रु बोकेर हिडेको ट्रयाक्टर दुर्घटनामा परी तीन जनाको ज्यान मृत्यु र ३४ घाइते भएपछि उदयपुरका ट्राफिक प्रमुख र रामपुरका ट्राफिक हवल्दार क्षेत्र तानिएका छन ।
ट्राफिक प्रहरीले नियमन नगर्दा दुर्घटना भएको भनि प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले उदयपुरका ट्राफिक प्रहरी प्रमुख अमृत बहादुर कार्की र रामपुरका ट्राफिक हवल्दार विरेन्द्र महत्तो कार्वाही स्वरुप क्षेत्र तानिएका हुन । ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक अमृत बहादुर कार्कीको स्थानमा प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीबाट दिनेश कुमार चौधरीलाई उदयपुर प्रहरी प्रमुख र सुनसरी चक्रघट्टीमा कार्यरत हल्वदार उमेश चौधरीलाई रामपुर खटाईएको प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ट्याक्टर दुर्घटना भएर ठूलो मानविय क्षती भएपछि सोमबारदेखि प्रहरीले उदयपुरमा ट्रयाक्टरमा मान्छे बोक्न समते प्रतिबन्ध लगाएको छ ।

तपाईको प्रतिक्रिया