उदयपुर / संगम सामुदायिक पुस्तकालय गाईघाटलाई पाँच थान ल्यापटप उपहार दिईएको छ । नेपाल लाईब्रेरी फाउण्डेशन क्यानडाका संस्थापक अध्यक्ष नरेश कोइरालाले उक्त ल्याकटप उपहार दिएका हुन् ।
विज्ञान र प्रविधि युक्त पुस्तकालय बनाउनको लागि उक्त ल्यापटप उपहार दिईएको हो । तत्काल दुई वटा दिएपनि थप तीन वटा निकट दिनमै ल्याएर दिने बताए । उनका अनुसार क्यानडाबाट मगाउन ढुवानीमा महंगो परेको हुनाले क्यानडामा बस्ने साथीहरुमार्फत नेपाल ल्याउनु परेकोले तीन वटा तत्कालै दिन नसकेको बताए । संस्थाका अध्यक्ष कोइरालाले ल्यापटप हस्तान्तरण गर्दै पढने शैलीको विकास गर्न पनि सुझाव दिएका छन् । उनले क्यानडाको उदाहरण दिँदै रिडर क्लब गठन गरेर बुढाबुढी पनि पुस्तकालयमा कुनै एक विषयमा सामूहिक पढ्ने गरेको र त्यस विषयमा बहस, छलफल, निष्कर्श निकाल्ने गरेकोले त्यसको असर साना साना बाल बालिका र युवाहरुमा पनि परेकोले सवै आत्म विश्वासी र निर्धक्कसंग बोल्न, गरेर खान सक्ने भएको छ । उनले नेपालमा पनि बुढाबुढी, युवा युवती, विद्यार्थीहरुको समूह बनाएर पठन शैलीको विकास गर्न अनिवार्य रहेकोले यस पुस्तकालयले थालनी गर्न अनुरोध गरेको थियो । उनले एक्टिभ क्लब नै गठन गरेर कुनै एक विषयमा पढेर, छलफल, बहस र निस्कर्ष निकाल्न अनुरोध गरेका थिए । उनले पुस्तकालय भनेको कम्युनिटी सेन्टर हो र यसको विकास भएमा गाउँ समाज स्वतह विकास हुने बताए ।
यस्तै प्रमुख अतिथिलाई जुन जुने जुनेली रातका लेखक पुण्य कार्की र लोक मन्जरीका लेखक राममणि पोखरेलद्वारा लिखित पुस्तक उपहार दिइएका थिए ।
कार्यक्रममा नेपाल लाइब्रेरी फाउण्डेशनका महासचिव धनकुमार श्रेष्ठ, साहित्य पत्रकार संघका अध्यक्ष पुण्य कार्की, साहित्यकार, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।