सप्तरी / सप्तरीको राजविराज नगरपालिका ११ झलहीमा शुक्रबार विद्युतीय मोटर चलाउने क्रममा करेण्ट लागेर महिलाको मृत्यु भएको छ। राजविराज ११ झलहीका शत्रुघन यादवकी पत्नी ३० वर्षीया रेखादेवी यादवको करेण्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक रेखादेवी राजविराज नगरका प्रमुख शम्भुप्रसाद यादवकी भाइ बुहारी हुन्। प्रहरीका अनुसार आफ्नै घरमा रहेको पानी तान्ने मोटर बिग्रिएपछि परीक्षण गर्ने क्रममा रेखालाई करेण्ट लागेको थियो। करेण्ट लागेर गम्भीर अवस्थामा यादवलाई तत्काल जिल्ला सदरमुकाम राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल ल्याइएको भएता पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया