उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र कुमार भगतलाई विधान विपरित कारबाही गरेपछि संघको विवाद उत्कर्षमा पुगेको छ । त्रियुगा उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, अध्यक्ष गजेन्द्र कुमार भगत र उपाध्यक्ष रमेश विश्वकर्मा विचको मुद्धा मामिलाले संघ चरम विवादमा परेको छ । संघको विरुद्ध अहिले पनि जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत गरी आधा दर्जन बढी मुद्धाहरु विचारधिन अवस्थामा रहेको छ ।
व्यवसायी कुमार प्रसाद घिमिरे सहितले जिल्ला अदालत उदयपुरको फैसला कार्यान्वयनको लागि गरेको निषेधाज्ञायुक्त उत्प्रेषण मिश्रित परमादेशको निवेदन उपर उच्च अदालत विराटनगरले संस्था दर्ता नविकरण र बैंकिङ कारोबार नगर्न आदेश दिइएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश मुरारीबाबु श्रेष्ठको एकल इजलाशले त्रियुगा उद्योग वाणिज्य संघ, रमेश विश्वकर्मा लगायतलाई विपक्षीहरुको नाममा संस्था नविकरण र बैंकिङ कारोबार नगर्न गराउनु भनेर अल्पकालिन आदेश दिईएको छ ।
यता रमेश विश्वकर्माले जिल्ला अदालत उदयपुरको आदेशलाई बदर गर्न माग गर्दै उच्च अदालत विराटनगर पुगको छ । रमेश विश्वकर्माले वेरितको आदेश बदर गरी पाउँ भन्दै गरेको परमादेश प्रतिशेधको निवेदनमा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ ।
अन्तरिम आदेश समेत जारी गरी पाउन माग गरेतर्फ विचार गर्दा, प्रस्तुत निवेदनसंग सम्बन्धित विषयमा मुद्धा नं. 078–wo–0178 (वादी रमेश विश्वकर्मा र प्रतिवादी जिल्ला प्रशासन कार्यालय उदयपुर) को निवेदनमा यस अदालतबाट मिति २०७८/९/१३ मा अन्तरिम आदेश जारी भएको निवेदनसाथ पेश भएको आदेशको प्रतिलिपिबाट देखिएको जनाएको छ । सो मुद्धा अहिले पनि विचारधिन अवस्थामा रहेको छ ।
यस्तै शुक्रबारै रमेश विश्वकर्माको मुद्धा नं. 078–wo–0256 को निवेदन अघि भएको कुमार प्रसाद घिमिरे सहितको निवेदक उपर दायर गरेको मुद्धा नं. 078–wo–0251 को निषेधाज्ञायुक्त उत्प्रेषण मिश्रित परमादेशको निवेदनमा २०७८/१०/२७ मा अन्तरिम आदेशको छलफलको लागि विपक्षीहरुलाई उपस्थित हन सूचना जारी गर्ने र सो छलफलबाट टुङ्गो नलागेसम्मको लागि संस्था दर्ताको नविकरण र बैंकिङ कारोवार नगर्नु नगराउनु भनी अल्पकालिन अन्तरिम आदेश जारी भएकोले प्रस्तुत निवेदन र 078–wo–0251 को निवेदनलाई लगाउ गरी प्रस्तुत निवेदनमा माग भएको अन्तरिम आदेशको सम्बन्धमा पनि छलफलको लागि बोलाउने आदेश भएको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको मिति २०७८ माघ ४ गतेको चलानी नं. २४५८ को पत्रानुसार संघ र प्रशासन विरुद्ध अहिले पनि चार वटा मुद्धा विचारधिन अवस्थामा रहेकोले रमेश विश्वकर्माले गराएको साधारण सभा तथा अधिवेशनलाई मान्यता नदिने भनेको छ ।
जिल्ला प्रशासन कार्यालयको पत्रानुसार उदयपुर जिल्ला अदालतमा मुद्दा नं. ३१–०७८–००७५ निशेधाज्ञा, उच्च अदातल विराटनगरमा मुद्दा नं. ०७८–wo-०१७८ उत्प्रेषण, परमाधेश, प्रतिशेध र सोही अदालतमा मुद्दा नं. ०७८–wo-०००८ उत्प्रेषण, परमाधेश, प्रतिशेध र सम्मानित सर्वोच्च अदालतमा रिट नं. ०७८–wo-०७३० गरी ४ वटा मुद्दा विचाराधिन रहेकोले अध्यक्षमा रमेश विश्वकर्मालाई मान्यता दिन नसकिने भन्दै जवाफ दिईएको छ ।
यस्तै एनसिसी बैंकमा रहेको त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको खाताबाट १४ लाख बढी रकम झिकिएको छ । एनसिसी बैंकले जिल्ला प्रशासन कार्यालयको पत्र विपरित रमेश विश्वकर्मा र हस्तमाया राईको हस्ताक्षरमा खाता संचालन गर्न दिएपछि प्रशासनले बैंकलाई के कति कारणले खाता संचालन गर्न दिइएको हो वा होइन भनेर २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जवाफमा बैंक खोता खोल्न खाता रोक्का राख्ने निकायलाई जानकारी दिनु पर्ने तर आवश्यक नठानेको जवाफ बैंक म्यानेजर घनश्याम बस्नेतले दिइएको प्रशासन स्रोतले जानकारी दिए ।
सम्बन्धित थप समाचारको पढ्नुहोस्
- त्रियुगा उवा संघमा विवादका विच ६ महिनामा १४ लाखको चेक काटियो, नविकरण वापत ४ लाख गायव
- त्रियुगा उद्योग वाणिज्य संघको साधारण सभा र अधिवेशन नै अवैध, रमेशलाई दिएनन् अध्यक्षको मान्यता
- रमेश बिकमाथि जिल्ला अदालतको डन्डा
- त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रसाइलीलाई छलफलको लागि अदालतले बोलायो
- त्रियुगा उद्योग वाणिज्य संघको मुद्दालाई निरन्तरता, अर्को पेशी कहिले ?
- त्रियुगा उद्योग वाणिज्य संघ विवाद : आज उच्च अदालतमा दुई वटा पेशी
- त्रियुगा उवा संघ विवाद : पत्रकारलाई उपाध्यक्ष विकले कहाँ ढाँटे !
- २६२६ व्यवसायीको नैसर्गिक अधिकारको लागि अदालत पुगे : कार्की
- त्रियुगा उवा संघको पुस ३ गतेको साधारण सभा स्थगित गर्न उच्च आदालतको आदेश
- त्रियुगा उद्योग वाणिज्य संघ विवाद : अडिटरले अडिट नगरि फिर्ता गरे फाइलहरु
- त्रियुगा उवा संघको आधा भन्दा बढी साधारण सदस्यको नाम हटेपछि असन्तुष्ट पक्षले प्रशासन गुहारे
- त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रसाइली पक्ष फेरि अदालत पुगे
- त्रियुगा उद्योग वाणिज्य संघ विवाद : अध्यक्ष भगत र उपाध्यक्ष रसाइलीले प्रशासनलाई यस्तो लेखे जवाफ
- संस्थाको कामकाजको लागि ल्यापटप लिएर आएको छु, चोरेर होइन : अध्यक्ष भगत
- त्रियुगा उद्योग वाणिज्य संघको माइन्युट कसले किर्ते गरेर अदालतमा पेश गरे
- यस कारण त्रियुगा उद्योग वाणिज्य संघको आयोजक कमिटीको पद जाँदैन्
- उपाध्यक्ष रसाइली पक्षको भ्याकेट निवेदन खारेज, भगतलाई अध्यक्षमा निरन्तता
- अन्तरिम आदेश खारेज गर्न उच्च अदालतद्वारा अस्वीकार
- त्रियुगा उद्योग बाणिज्य संघमा भगतलाई अध्यक्षकै हैसियतमा कामकाज गर्न अदालतको अन्तरिम आदेश
- प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन अन्तिम होइन, कहि कत्तै पेश गरे अवैध ठहरिन्छ : अडिटर राउत
- त्रियुगा उद्योग वाणिज्य संघको विवाद छताछुल्ल









