उदयपुर । उदयपुरको सरमुकाममा रहेको त्रियुगा उद्योग वाणिज्य संंघको माइन्युट नै किर्ते गरेको खुलासा भएको छ । प्रथम उपाध्यक्ष रमेश रसाइली पक्षले त्रियुगा उद्योग वाणिज्य संघको माइन्युटमा केरमेट अर्थात किर्ते गरेर उच्च अदालत विराटनगरमा बुझाएका छन् ।

फोटो क्याप्सन : त्रिउवा संघको माइन्युटमा २०७८ साल जेष्ठ ४ गते मंगलबार हुनु पर्नेमा उपाध्यक्ष रमेश रसाइली पक्षले किर्ते गरेर मिति परिर्वतन गरेर २०७७ साल जेष्ठ ४ गते मंगलबार बनाएर उच्च अदालत विराटनगरमा पेश । तस्विर : अदालत प्रतिलिपी

त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको अध्यक्ष गजेन्द्र कुमार भगतको अध्यक्षतामा २०७७ साल फागुन २१ गते शुक्रबारको बैठकले साधारण सभा र अधिवेशन गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार २०७८ साल जेष्ठ ८ गते साधारण सभा र जेष्ठ ११५ अधिवेशन गर्ने साथै २०७८ साल बैशाख १५ गतेसम्म मात्र सदस्यता दर्ता तथा नविकरण गर्ने सम्मको निर्णय गरेको थियो ।

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट तिव्र रुपमा फैलिईरहेको अवस्थामा २०७८ साल जेष्ठ ४ गते मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले २०७८ जेष्ठ ८ गते साधारण सभा र जेष्ठ १५ गते अधिवेशनको म्याद अनिश्चित कालको लागि अर्थात अर्को सूचना जारी नहुन्जेलसम्म साधारण सभा र अधिवेशन स्थगित गर्ने अधिवेशन आयोजक कमिटीको १२ मध्ये ११ जनाको हस्ताक्षर सहित बहुमतले निर्णय गरेको थियो । बहुमतले कोरोना भाइरसको नयाँ भेरिएन्टले देशमा बन्दा बन्दीको स्थिति रहेको हुँदा साथै नेपाल सरकारको सम्पूर्ण कार्यहरु बन्द रहने हुँदा उद्योग वाणिज्य संघको साधारण सभा र अधिवेशन अर्को सूचना जारी नहुन्जेलसम्मको लागि स्थगित गर्ने निर्णय गरेको माइन्युटमा केरमेट भएको पाइएको छ । जवकी २०७७ साल जेष्ठमा नयाँ भेरियन्टको कोरोना भाइरस भेटिएकै थिएन् ।

त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको अध्यक्ष गजेन्द्र कुमार भगतको अध्यक्षतामा २०७८ जेष्ठ ४ गते मंगलबार बसेको बैठकलाई रसायली पक्षले टिपेक्स लगाई वा काजग किर्ते गरी २०७७ साल जेष्ठ ४ गते मंगलबार बनाएको छ । जवकी २०७७ साल जेष्ठ ४ गते आइतबार पर्दछ तर, माइन्युटमा आइतबारको ठाउँमा मंगलबार प्रष्टसँगले देखिएको सचिव दिनेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार संघको माइन्युट रसाइली पक्षले कार्यालयबाट कब्जा गरी आफ्नो घरमा लगेर सालमा टिपेक्स लगाएर मेटाउन भ्याएपनि बार अर्थात दिनलाई मेटाएको नदेखिएकोले यसले पनि कागज किर्ते गरेको प्रष्ट देखिन्छ । यसले के स्पष्ट देखिन्छ भने २०७८ मा ८ को ठाउँमा ७ थपेर किर्ते गरेकोले किर्ते कागज अनुसार कारबाही हुनु पर्ने सचिव श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

यस कारण त्रियुगा उद्योग वाणिज्य संघको आयोजक कमिटीको पद जाँदैन्

उपाध्यक्ष रसाइली पक्षको भ्याकेट निवेदन खारेज, भगतलाई अध्यक्षमा निरन्तता

अन्तरिम आदेश खारेज गर्न उच्च अदालतद्वारा अस्वीकार

त्रियुगा उद्योग बाणिज्य संघमा भगतलाई अध्यक्षकै हैसियतमा कामकाज गर्न अदालतको अन्तरिम आदेश

तपाईको प्रतिक्रिया