चौदण्डीगढीका जनताले आजबाट जग्गा रजिष्ट्रेशनदेखि नापी नक्सासम्मको काम बेल्टारबाटै पाउने
उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले आज असार ५ गते शुक्रबारबाट भूमि प्रशासन सेवा सुचारु गर्ने भएको छ । नगरपालिकाले आज एक औपचारिक कार्यक्रम गरी कार्यालयको उद्घाटन गर्दै सेवा संचालन गर्ने भएको छ । चौदण्डीगढी नगरपालिकाको जनता जग्गा सम्बन्धि कामको लागि गाईघाट सदरमुकाम धाउनु पर्ने अवस्थाको आजबाट अन्त्य भएको छ ।
संविधानमा व्यवस्था भएको स्थानीय तहको अधिकार क्षेत्र भित्र मध्ये भूमि प्रशासन सम्बन्धि ...













