उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र कुमार भगतलाई उच्च अदालत विराटनगरले अध्यक्ष कै हैसियतमा कामकाज गर्न यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेको छ ।

उच्च अदालत विराटनगर स्रोतका अनुसार न्यायाधीशद्वय यमुना भट्टराई र मिलन कुमार राईको संयुक्त इजलासले त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका उपाध्यक्ष हस्तमाया राई, प्रथम उपाध्यक्ष रमेश रसाइली , जिल्ला प्रशासन कार्यालय उदयपुर लगायतले अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेट निवेदन दिएका थिए । न्यायाधीशद्वय भट्टराई र राईको संयुक्त इजलासले जिल्ला प्रशासन कार्यालय उदयपुरबाट राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गाईघाट र एन.सी.सी.बैंक शाखा कार्यालय गाईघाटलाई मिति २०७८÷०४÷०१ को पत्र सम्बन्धमा कुनै निर्णय भएको भए सो को प्रतिलिपी सहित पत्रको प्रमाणित प्रतिलिपी र रिट निवेदक गजेन्द्र कुमार भगतले मिति २०७८÷४÷५ मा श्री जिल्ला प्रशासन कार्यालय, उदयपुरमा दिएको निवेदन सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट कनै निर्णय, निर्देशन भएको छ वा छैन, निर्णय भएको भए निर्णयको प्रमाणित प्रतिलिपी समेत राखी ७ दिन भित्र अन्तरिम आदेश खारेज सम्बन्धमा छलफलका लागि प्रस्तुत निवेदन सुनुवाईको लागि आदेश दिइएको छ ।

अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेसँगै त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको साधारण सभा र अधिवेशन झनै लम्बिने भएको छ ।
यस अघि त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगत विरुद्ध प्रथम उपाध्यक्ष रमेश रसाईली समूहको ‘कु’ लाई उच्च अदालत विराटनगरको न्यायाधीश सत्य मोहन जोशी थारुको एकल इजलाशले उल्टाई दिएको थियो । साउन ८ गते भगतद्धारा दायर रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका न्यायाधीशले अध्यक्षबाट भगतलाई नहटाउन अन्तरिम आदेश दिएको थियो ।

अदालतको आदेशानुसार कार्य समितिको बहुमत सदस्यको आडमा स्वः घोषित कावा अध्यक्ष भएका बरिष्ठ उपाध्यक्ष रमेश रसाईलीको कार्यवाहाक अध्यक्ष पद खारेज भएको छ । भने जवरजस्ती हटाईएका अध्यक्ष गजेन्द्र कुमार भगत अध्यक्ष पदमा पुनर्वाहाली भएका छन ।
न्यायधिश सत्यमोहन जोशी थारुको एकल इजलासले भगतलाई अध्यक्षको हैसियतमा नै कामकाज गर्न अन्तरिम आदेश जारी गरेको उच्च अदालत विराटनगरले जनाएको छ ।

रमेश रसाईली र जिल्ला प्रशासन कार्यालय उदयपुरलाई विपक्षी बनाई दायर उत्प्रेषण परामादेश प्रतिषेध सम्बन्धी रिटको सुनुवाई गर्दै न्यायधिश थारुले रसाईली समूहले गरेको सबै निर्णयमा रोक लगाएको अदालतका मुद्दा फाँट २ का फाँटवाला उपमा खनालले जानकारी दिईन ।

भगतले साउन ८ मा दायर गरेको ०७८–डब्लु ओ–०००८ नम्बरको रिट निवेदनमा प्रारम्भिक सुनुवाई गर्दै न्यायधिस थारुले जिल्ला प्रशासन कार्यालय उदयपुर र स्वः घोषित अध्यक्ष रमेश रसाईली लगाएत ८ जनालाई गजेन्द्र भगतलाई अध्यक्षबाट हटाउनुको कारण माग गरेको थियो ।

अध्यक्ष र साधारण सदस्यबाट निलम्वन निजलाई प्रतिवादको मौका नदिएको निज उपर लगाएको आरोप सम्बन्धमा प्रक्रियागत रुपमा पत्राचार गरी रितपूर्वक जानकारी दिई सुनवाईको मौका प्रदान गरेको सो निर्णयबाट नदेखिंदा कानुन बमोजिम बाहेक सुविधा सन्तुलनको दृष्टि समेतले हाललाई उपरोक्त उल्लेखित प्रथम उपाध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा मिति २०७८÷३÷२८ मा बसेको बैठकबाट निवेदक भगतलाई अध्यक्ष र साधारण सदस्यबाट निलम्बन गर्ने गरेको समेतका रकम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु, निवेदकलाई सो उद्योग बाणिज्य संघको अध्यक्षकै हैसियतमा काम काज गर्न दिनु रोक नलगाउनु, साथै जिल्ला प्रशासन कार्यालय, उदयपरको च.न. ३ मिति २०७८÷४÷१ को पत्र समेत कार्यान्वयन नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश दिएको थियो ।

‘अदालतले अहिले रमेश रसाईली समूहको एकलौटी निर्णयलाई अंकुश लगाएको छ ।’ अध्यक्ष भगतले भने ‘मेरो पहिलो जिम्मेबारी अब जेष्ठमा कोभिडको कारण रोकिएको संघको अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नु नै मुख्य जिम्मेवारी हो ।’
अदालती प्रक्रिया पक्ष विपक्ष भएपनि उद्योग बाणिज्य संघलाई साझा संस्थाको रुपमा विकास गर्न सबै सँग हातेमालो गर्न आफु तयार रहेको केन्द्रीय सदस्य समेत रहेका अध्यक्ष भगतले बताए ।

गत वर्षदेखि नै साधारण सभा गर्ने भनिएपनि कोरोनाका कारणले पटक पटक स्थगित हुँदै आएको छ । २०७८ बैशाख १५ गते सम्म सदस्यता दर्ता र नविकरणको काम गर्ने, २०७८ जेष्ठ ८ गते संस्थाको साधारण सभा गर्ने र जेष्ठ १५ गते अधिवेशन गर्ने कार्य तालिकाका सार्वजनिक गरिएपनि कोभिड १९ को महामारीका कारण नेपाल सरकारले नै निषेधज्ञा जारी गरेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरकै निर्देशनमा संघले सम्पूर्ण कार्यक्रम स्थगित गर्नु परेको थियो ।

अध्यक्षमाथि गरेको कारबाही विधान विपरित
त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगत विरुद्ध प्रथम उपाध्यक्ष रमेश रसाईली समूहले गरेको कारबाही विधान विपरित रहेको छ । गत असार २८ गते रसाइलीको अध्यक्षतामा बसेको बैठकले भगतलाई अध्यक्ष र साधारण सदस्य समेत नरहने गरी गरेको कारबाही विधान विपरित रहेको पाइएको छ ।

त्रियुगा उद्योग वाणिज्य संघको विधान २०५९ को ४.४(क)ले कार्यकारिणी समितिको बैठक घटीमा महिनाको एक पटक बस्नेछ । तर कार्यकारिणी समितिको एक तिहाई सदस्यले बैठक माग गरेमा महासचिवले अध्यक्षको आदेश लिएर बैठक बालाउन सक्नेछ । विधानको ४.४(ख) ले बैठकको अध्यक्षता कार्यकारिणी समितिको अध्यक्षले गर्नेछ । विधानको ४.४(ग) ले कार्यकारिणी समितिको बैठकको गणपुरक संख्या ५१ प्रतिशत हुनेछ तर पहिलो बैठक गणपुरक संख्या नपुगी स्थगित भएमा दोश्रो बैठकमा उपस्थित एक तिहाई संख्यालाई नै गणपुरक संख्या मानिनेछ । तर यस्तो परिस्थितिमा कार्यकारिणी समितिका पदाधिकारीहरु कम्तिमा तिन जना र सदस्यबाट दुई जना अनिवार्य हुनु पर्ने छ । स्पष्ट विधानले निर्दिष्ट गरेको छ ।

विधान बमोजिम कार्यसमितिको सदस्यहरुले बैठकको माग गरेको दैखिदैन । अध्यक्षतले महासचिव वा सचिवलाई बैठक बोलाउन निर्देशन पनि दिएको देखिदैन ।

विधानमा कुनै निर्णय गर्नु परेका कार्यकारिणी समितिका पदाधिकारीहरु कम्तिमा तिन जनाको अनिवार्य व्यवस्था गरेकोमा प्रथम उपाध्यक्ष रमेश रसाइली र द्वितीय उपाध्यक्ष हस्तमाया राई मात्रै उपस्थित रहेको बैठकले गरेको कारबाही मान्य नहुने उद्योग वाणिज्य संघका एक पूर्व सदस्यले जानकारी दिए ।

यता लेखा परीक्षण प्रतिवेदनमा अध्यक्षको नाममा बेरुजु देखिएपछि रसाइली समूहले अध्यक्ष र साधारण सदस्य समेत नरहने गरी ३ वर्षसम्म कारबाही गरेको छ । जव कि साधारण सभा र अधिवेशनको आव्हान गरिसकेको समितिलाई कारबाही गर्ने अधिकार साधारण सभाले मात्रै गर्ने अधिकार राख्ने त्रिउवा संघका पूर्व सदस्यले बताए ।

तपाईको प्रतिक्रिया