गाईघाट । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको विवाद चरम उत्कर्षमा पुगेको छ । मंगलबार संघका कार्यालय सचिव डिल्ली प्रसाद उप्रेतीले एक सूचना मार्फत त्रियुगा उद्योग वाणिज्य संघको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको पदावधि सकिएको सूचना जारी गरेको छ ।उनले कार्यालय सचिवको हैसियतले जारी गरेको सूचनामा ‘२०७३ असार १८ गते भएको अधिवेशनवाट निर्वाचित कार्यकारिणी समितिको म्याद संघको विधानको परिच्छेद–४ को ४.४ (ख) मा उल्लेख भए अनुसार ३ वर्षे कार्यकाल मिति २०७६ असार १७ गते समाप्त भएको र समितिको निर्णय बमोजिम साधारण सभा तथा अधिवेशनका लागि भनि विभिन्न मितिहरु थप हुदै आएकोमा मिति २०७७/४/२९ गते कार्य समितिले । बमोजिम यस कार्यसमितिको म्याद थप भई २०७५ साल श्रावण मसान्त सम्म रहेकोमा कार्यकारिणी समितिको म्याद थपको निर्णय सचिवालयमा प्राप्त नभएको हुदा यस कार्यसमितिको समयावधी २०७८/४/३२ गतेवाटै समाप्त भएको व्यहोरा यस संस्थाका सम्पुर्ण सदस्य ज्यूहरु, सरोकारवाल संघ संस्थाहरु, स्थानिय निकाय तथा सार्वजानिक निकायहरुलाई यसै सूचना मार्फत जानकारी गराइन्छ’ उल्लेख छ । सूचनाको जानकारीको बोद्यार्थ नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौ, नेपाल उद्योग बाणिज्य महासंघ, प्रदेश नं.१ विराटनगर र जिल्ला प्रशासन कार्यालय, उदयपुरलाई गराइएको छ ।

यता त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतका अनुसार साधारण सभा र अधिवेशन आयोजक कमिटी बनाई सकिएकोेले यसैले साधारण सभा र अधिवेशन गर्ने हो, कार्यालय थपिरहनु पर्देन । उनका अनुसार २०७८ साउन २२ गते विविध विषयमा छलफल गर्न बैठक बोलाएपनि रसाइली पक्षले बैठकमा उपस्थित नभएकोले साधारण सभा र अधिवेशन कहिले गर्ने निर्णय हुन नपाएको बताए । भगतले भने, ‘संघको विवाद उच्च अदालत विराटनगरमा रहेकोले कानूनी प्रक्रिया पुरा नगरेसम्म हाम्रो पद कसैले सुरक्षित छ । कसैले सूचना निकाल्दैमा, फेसबुकमा लगाउँदैमा पद जाने होइन् ।’

पदावधि सकिएको विषयमा जानकारीको लागि त्रियुगा उद्योग वाणिज्य संघका सचिव दिनेश श्रेष्ठसँग बुझन खोज्दा उनका अनुसार कार्यालय सचिव पदिय मर्यादा विर्सेर अघि बढेको जानकारी दिए । ‘अधिवेशन आयोजक कमिटी गठन भईसकेको अवस्थामा हामी कसैको पद जाँदैन् । भर्खरै नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशनको अवधि कोरोनाको कारणले मंसिरमा गर्ने निर्णय गरेको हामी सवैलाई जगजाहेर नै छ । ‘नेपाली काँग्रेसले कोरोनाको समयलाई शुन्य अवधि मानेर गएकोले अधिवेशन सरेको हो, हाम्रो पनि त्यहि हो’, उनले थपे, ‘पुनः कोरोना बढेको बढै छ, साधाराण सभा र अधिवेशन भनेको भिडभाड बढाउने हो त्यसैले सामान्य भएपछि अधिवेशन गरेर जानु पर्छ ।’

‘नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट तिव्र रुपमा फैलिईरहेको अवस्थामा त्रियुगा उद्योग वाणिज्य संघको २०७८ साल जेष्ठ ४ गते मंगलबार बसेको आयोजक कमिटीको १२ मध्ये ११ जनाको बहुमतको बैठकले २०७८ जेष्ठ ८ गते साधारण सभा र जेष्ठ १५ गते अधिवेशनको म्याद अनिश्चित कालको लागि अर्थात अर्को सूचना जारी नहुन्जेलसम्मको लागि स्थगित गर्ने निर्णय गरेको छौं ।’ सचिव श्रेष्ठले भने, ‘ सवैले अर्को सूचना नहुन्जेलसम्म साधारण सभा र अधिवेशन स्थगित गर्ने अनि बैठकमा बोलाउदा नआउनेले जे गरेपनि गर्ने हुने र गराउन लगाउने ? हाम्रो पद गएको छैन् ।’

कानूनी जटिल्ताको विषयमा नेपाल बार एशोसिएशन उदयपुर इकाईका अध्यक्ष श्यमानन्द चौधरीसँग सम्पर्क गर्दा विधान बमोजिम ३ वर्षको कार्यकाल भएपनि बाधा अडकाउ फुकाएर पदावधि लम्ब्याउन सकिने जानकारी दिए । उनका अनुसार आयोजक कमिटी गठन गरिसकेको अवस्थाामा तोकिएको समयमा विशम परिस्थितिले अधिवेशन हुन नसकेपनि आयोजक कमिटी खारेज हुँदैन् । कार्यसमिति वा आयोजक कमिटीले निर्णय नै नगरेको सूचना निकाल्ने अधिकार कार्यालय सचिवसँग नरहेको बार अध्यक्ष चौधरीले बताए । उनका अनुसार कार्या समितिले गरेको निर्णयलाई सूचना दिने काम मात्रै हो, कार्यालय सचिव कर्मचारी हो, मर्यादा विपरित सूचना निकाल्ने अधिकार हुँदैन् । ‘कार्यालय सचिवले व्यवस्थापन र प्रशासनिक काम हेर्ने हो,’ बार अध्यक्षले थपे, ‘ कार्यालय सचिवले आफ्नै किसिमले कार्य समितिले निर्णय नगरेको सूचना निकाल्न पनि पाउँदैन, हस्ताक्षरको त परको कुरा हो ।’

बार अध्यक्ष चौधरीका अनुसार अर्को कार्य समितिको चयन नभएसम्मको लागि आयोजक कमिटी नै कार्य समिति हो, अरु कार्य समितिले अधिवेशन गर्न मिल्दैन । उनका अनुसार लकडाउन अवधिलाई सर्वोच्च अदालतले सून्य अवधि मानेर गएको छ । अधिवक्ता टिकाराम भट्टराईको रिटले सर्वोच्च अदालतको प्रधानन्यायाधीस चोलेन्द्र समशेर जवराको बृहत पूर्ण इजलासले लकडाउनलाई शून्य समय मानेर गएको सिद्धान्त प्रतिपादन गरेको यसले लकडाउन अवधि मै अधिवेशन गराउनु पर्ने जरुरी छैन र समय सिमा सकिदैन् ।
सूचनाको विषयमा कार्यालय सचिव डिल्ली प्रसाद उप्रेतीलाई बारम्बार बुझ्न खोज्दा उनका श्रीमतिले मात्रै फोन उठाएकी थिईन् । उनका श्रीमतिका अनुसार घर आएपछि सम्पर्क गर्न लगाई दिने बताएकी थिईन् ।

त्रियुगा उद्योग वाणिज्य संघको माइन्युट किर्ते गरी अदालतमा पेश

उदयपुरको सरमुकाममा रहेको त्रियुगा उद्योग वाणिज्य संंघको माइन्युट नै किर्ते गरेको खुलासा भएको छ । प्रथम उपाध्यक्ष रमेश रसाइली पक्षले त्रियुगा उद्योग वाणिज्य संघको माइन्युटमा केरमेट अर्थात किर्ते गरेर उच्च अदालत विराटनगरमा बुझाएका छन् ।

फोटो क्याप्सन : त्रिउवा संघको माइन्युटमा २०७८ साल जेष्ठ ४ गते मंगलबार हुनु पर्नेमा उपाध्यक्ष रमेश रसाइली पक्षले किर्ते गरेर मिति परिर्वतन गरेर २०७७ साल जेष्ठ ४ गते मंगलबार बनाएर उच्च अदालत विराटनगरमा पेशतस्विर : अदालत प्रतिलिपी

त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको अध्यक्ष गजेन्द्र कुमार भगतको अध्यक्षतामा २०७७ साल फागुन २१ गते शुक्रबारको बैठकले साधारण सभा र अधिवेशन गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार २०७८ साल जेष्ठ ८ गते साधारण सभा र जेष्ठ ११५ अधिवेशन गर्ने साथै २०७८ साल बैशाख १५ गतेसम्म मात्र सदस्यता दर्ता तथा नविकरण गर्ने सम्मको निर्णय गरेको थियो ।

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट तिव्र रुपमा फैलिईरहेको अवस्थामा २०७८ साल जेष्ठ ४ गते मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले २०७८ जेष्ठ ८ गते साधारण सभा र जेष्ठ १५ गते अधिवेशनको म्याद अनिश्चित कालको लागि अर्थात अर्को सूचना जारी नहुन्जेलसम्म साधारण सभा र अधिवेशन स्थगित गर्ने अधिवेशन आयोजक कमिटीको १२ मध्ये ११ जनाको हस्ताक्षर सहित बहुमतले निर्णय गरेको थियो । बहुमतले कोरोना भाइरसको नयाँ भेरिएन्टले देशमा बन्दा बन्दीको स्थिति रहेको हुँदा साथै नेपाल सरकारको सम्पूर्ण कार्यहरु बन्द रहने हुँदा उद्योग वाणिज्य संघको साधारण सभा र अधिवेशन अर्को सूचना जारी नहुन्जेलसम्मको लागि स्थगित गर्ने निर्णय गरेको माइन्युटमा केरमेट भएको पाइएको छ । जवकी २०७७ साल जेष्ठमा नयाँ भेरियन्टको कोरोना भाइरस भेटिएकै थिएन् ।

त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको अध्यक्ष गजेन्द्र कुमार भगतको अध्यक्षतामा २०७८ जेष्ठ ४ गते मंगलबार बसेको बैठकलाई रसायली पक्षले टिपेक्स लगाई वा काजग किर्ते गरी २०७७ साल जेष्ठ ४ गते मंगलबार बनाएको छ । जवकी २०७७ साल जेष्ठ ४ गते आइतबार पर्दछ तर, म्यानुटमा आइतबारको ठाउँमा मंगलबार प्रष्टसँगले देखिएको सचिव दिनेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार संघको म्यानुट रसाइली पक्षले कार्यालयबाट कब्जा गरी आफ्नो घरमा लगेर सालमा टिपेक्स लगाएर मेटाउन भ्याएपनि बार अर्थात दिनलाई मेटाएको नदेखिएकोले यसले पनि कागज किर्ते गरेको प्रष्ट देखिन्छ । यसले के स्पष्ट देखिन्छ भने २०७८ मा ८ को ठाउँमा ७ थपेर किर्ते गरेकोले किर्ते कागज अनुसार कारबाही हुनु पर्ने सचिव श्रेष्ठले बताए ।

 

तपाईको प्रतिक्रिया