उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र कुमार भगतलाई रमेश रसाइली पक्षले विज्ञप्ती जारी गरि संस्थाको ल्यापटप चोरेर लगेको आरोप लगाएका छन् । शुक्रबार रमेश रसाइली पक्षले एक विज्ञप्ती मार्फत संस्थाको ल्यापटपमा जुम मिटिङ बस्ने भन्दै चोरी गरेर लगेको आरोप लगाएका छन् । कार्यालय सचिव डिल्लि प्रसाद उप्रेती र कार्यालय सहायक सन्जीव श्रेष्ठले ल्याप्टप चोरीको आरोपमा भगत सहित ३ जना विरुद्ध प्रहरीमा निवेदन दिएको छ।

यस विषयमा त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतसँग जानकारी लिँदा उद्योग वाणिज्य संघको कामकाजको लागि ल्यापटप लिएर आएको उनले बताए । उनले भने, ‘मेरो भदौं १० गते जुम मिटिङ थियो, जुम मिटिङ सकेर भदौं ११ र १२ गते काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको उद्योग वाणिज्य परिषद “योजना तर्जुमा गोष्ठी ’’ कार्यक्रममा सहभागी हुनु पर्ने भएकोले प्रोजेक्ट वर्क बनाउन कार्यालय सहायक संजीव श्रेष्ठसँग ल्यापटप मागेर लिएर आएको छु, ल्यापटप चोरको आरोप लगाएकोमा दुःख लागेको छ ।’ प्रायः सवै उद्योग वाणिज्य संघमा अध्यक्षलाई ल्यापटप दिइएको हुन्छ र दैनिक कामकाजको लागि ल्यापटप लिएर जानु मेरो अधिकार भित्र पर्छ अध्यक्ष भगतले बताए ।
‘‘उद्योग वाणिज्य संघको कर्मचारी पूर्वाग्राही भएर म माथि चोरको आरोप लगाउनु दुःख लागेको छ’’, अध्यक्ष भगतले भने, ‘‘नेपाल उद्योग वाणिज्य महासंघको उद्योग वाणिज्य परिषद ‘‘योजना तर्जुमा गोष्ठी’’ कार्यक्रमको लागि ल्यापटप लिएर जाँदैछु भन्दा कार्यालय सहायक श्रेष्ठले रमेश रसाइली पक्षलाई सोध्नु पर्ने जवाफ दिए तर पनि मैले ल्यापटप लिएर घर आए । के संस्थाको कामकाज गर्न मैले ल्यापटप लिएर जान नमिल्ने हो र ? अध्यक्ष भगतले प्रति प्रश्न गरे, ‘‘ल्यापटप कार्यालय सहायक श्रेष्ठले नै दिएको हो, पछि के कत्ताबाट कस्को उक्साहटमा चोरी गरेर लग्यो भन्नु उही जानुन् ।’’
संस्थाको कार्यसमिति वा कर्मचारी प्रति अध्यक्षको विश्वास नभएको हुनसक्छ संस्थाको कामकाज गर्न ल्यापटप लिएर जानु स्वभाविक रहेको सचिव दिनेश कुमार श्रेष्ठले बताए । ‘‘संस्थाको गोपनियता भंग गर्ने, संस्थाको माइन्युट, रजिष्टर, खातापाता हराउँदै गएको लगायतको कार्य भएछ, अध्यक्षले संस्थामा जानकारी गराएर ल्यापटप लिएर जानु उस्को अधिकार भित्र पर्दछ ।’’, सचिव श्रेष्ठले भने, ‘‘संस्थाको माइन्युट चोरी भएको छ, माइन्युट लगेको कसैले जिम्मेबारी लिएको छैन, अध्यक्षले कामकाजको लागि संस्थामा जानकारी गराएरै ल्यापटप लिएर जानुलाई चोरी गरेर लग्यो भन्न मिल्दैन ।’’
सचिव श्रेष्ठले भने, ‘‘संस्थाको माइन्युट अर्थात बैठक पुस्तिकाको प्रतिलिपी केरमेट तथा किर्ते गरेर रसाइली पक्षद्वारा अदालतमा पेश हुन्छ तर, कार्यालयमा माइन्युट छैन, कहाँ गए संस्थाको माइन्युट ? कस्ले लग्यो ? तिनै कर्मचारीले किन जवाफ दिन सकिरहेको छैन् ।’’
उच्च अदालत विराटनगरले काम गर्ने अग्रअधिकार दिँदा दिँदै, पदको समयावधि सकियो भनेर कार्यालय सचिव डिल्ली प्रसाद उप्रेतीलाई चुनावी कमिटीलाई कुन कानून अनुसार पद सकियो भनेर सूचना जारी गर्ने अधिकार कस्ले दियो ? संघका पूर्व कमिटीका एक सदस्यले बताए । कार्य अवधि नै सकियो भने संस्थाको माइन्युट सामुन्नेमा राख्नु पर्यो र त्यसपछि कम्तीमा पूर्व कमिटीमा बसिसकेका र ५०/६० जना साधारण सदस्यलाई बोलाएर अव के गर्ने भन्ने निचोड निकालेर सूचना निकालेको भए हुन्थ्यो तर कार्यालय सचिव डिल्ली प्रसाद उप्रेतीले आफै कसैको उक्साहटमा सूचना निकाल्नु कानूनतः पाउँदैन् । उ कर्मचारी हो, संस्थाको जिम्मेबार व्यक्ति होइन र अर्को कुरा व्यवहारिक रुपमा म भगतलाई अध्यक्ष मान्दिन भन्दा पनि कानूनी हिसाव भगत नै अध्यक्ष हो, मुद्दाको किनारा नहुन्जेल भगतलाई नै अध्यक्षलाई मानेर जानु पर्ने बाध्यता रहेको उनले बताए ।
पूर्व कमिटी सदस्यले भने, ‘कर्मचारीलाई अध्यक्षले निलम्वित गरिसकेपछि कर्मचारीले पनि काम गर्न मिल्दैन् ।, सुन्दैछु निलम्बित कर्मचारी कामकाज गर्दैछ, त्यो कानून विपरित हो ।’ गजेन्द्र भगतले नचाहेर चुनाव सारेको होइन, राष्ट्रिय महामारीले चुनाव सरेको हो । राज्यले जहिले सेमिनार, गोष्ठी, भेला गर्ने अधिकार दिन्छ त्यस पछि चुनाव गराउँदैन भने भगत गलत सावित हुन्छ होइन भने भगत नै आयोजक कमिटी संयोजक हो ।
दुई कर्मचारी निलम्बन
त्रियुगाउद्योग बाणिज्य संघ उदयपुरले संघको नियमविपरित कार्य गरेको ठहर गर्दै कार्यालयमाकार्यरत दुई जना कर्मचारीहरुलाई तीन महिनाको लागि निलम्बन गरेकोछ ।
संघको कार्यालय सचिव डिल्लीप्रसाद उप्रेती र कार्यालय सहायक संजिव श्रेष्ठले संघको हक, हित र उद्देश्य माथी नै आँच आउने गरि संस्थाको विद्यान र आचार संहिता विपरित कार्य गरेको भन्दै दुवै जनालाई तीन महिनाको लागि निलम्बन गरिएको संघका अध्यक्ष गजेन्द्र कुमार भगतद्वारा हस्ताक्षरित शुक्रबार जारी गरिएको सार्वजनिक सूचना मार्फत जनाएको छ ।
दुवै कर्मचारीहरुले संघको आचार संहिता र विद्यान विपरित गत भदौं १ गते संघका सम्पूर्ण पदाधिकारीहरुको पदावधि सकिएको भनि हास्यस्पद ढंगले नियम विपरित अनाधिकारिक तवरले सूचना टाँस गर्ने कार्य गरेको, कार्यालयको कामकाजमा ढिलासुस्ती गरेको, नियमित उपस्थित नभएको, संघको मर्यादामाथी आँच आउने गरी कार्य गरेको ठहर भएकोले तीन महिनाका लागि निलम्बन गरिएको वर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य भगतले बताए ।
कार्यालयको कर्मचारी भएकोले दुवै जनाको जिम्मामा रहेको संघको खातापाता, बैठक पुस्तिका लगायतका महत्वपूर्ण कागजातहरु गैरकानुनी र नियमविपरित तवरले अन्यत्र लगेको र कार्यालयमा दाखिला नगरेकोले सो बारे दुवै जनालाई लिखित स्पष्टीकरण माग गरिएकोमा दुवैले समय सिमा नाघिसक्दा समेत अटेर गरेको र लिखित जवाफ पेश नगरेकोले निलम्बन गरिएको सचिव दिनेश श्रेष्ठले बताए ।
संघले दुवै कर्मचारीहरुलाई २०७८ भदौं २ को चलानी नम्बर ९२ र ९३ को पत्रमार्फत दुई दिने स्पष्टीकरण माग गरेको देखिएको छ ।
सम्बन्धित थप समाचार
- त्रियुगा उद्योग वाणिज्य संघको माइन्युट कसले किर्ते गरेर अदालतमा पेश गरे
- यस कारण त्रियुगा उद्योग वाणिज्य संघको आयोजक कमिटीको पद जाँदैन्
- उपाध्यक्ष रसाइली पक्षको भ्याकेट निवेदन खारेज, भगतलाई अध्यक्षमा निरन्तता
- अन्तरिम आदेश खारेज गर्न उच्च अदालतद्वारा अस्वीकार
- त्रियुगा उद्योग बाणिज्य संघमा भगतलाई अध्यक्षकै हैसियतमा कामकाज गर्न अदालतको अन्तरिम आदेश
- त्रियुगा उद्योग वाणिज्य संघको विवाद छताछुल्ल









