उदयपुर । केही दिनयतादेखि बढेको चिसोका कारण उदयपुरको जनजीवन प्रभावित भएसँगै त्रियुगा नगरपालिका वडा नं. १ ले न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिक, दलित तथा एकल महिला गरी ९० जनालाई सम्मान स्वरुप न्यानो कपडा वितरण गरेको छ ।
जेष्ठ नागरिक ५६ जना, एकल महिला र दलित ३४ गरी ९० जनालाई सम्मान स्वरुप एक/एक थान सिरक, दसना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको वडाध्यक्ष मनोज कुमार चौधरीले जानकारी दिए ।
यस्तै वडा कै बयोवृद्ध पुरुष नारायण प्रसाद ढकाललाई स्टीलनेश लठी र बयोवृद्धा महिला धन कुमारी विश्वकर्मालाई टोपी उपहार प्रदान गरेको वडाध्यक्ष चौधरीले जानकारी दिए ।
मठ मन्दिरमा इश्वर पाइदैन घरमै छ इश्वर वडाध्यक्ष चौधरी बताउँछन् । धर्मको नाममा मरि मरि मठ मन्दिर गएर इश्वर खोज्नु भन्दा आफ्नो आमाबुवालाई वृद्धको सहारा बन्नु घरमै इश्वर पाइन्छ । वडाध्यक्ष चौधरीले बताए ।
जेष्ठ नागरिकलाई बाटोमा हेला होइन सम्मान गरौं, ज्येष्ठ नागरिकहरू सामाजिक तथा आर्थिक रूपमा बोझ नभई वरदान भएको हो ।
समाजको आदर्श भएको वडाध्यक्ष चौधरीले बताए । ज्येष्ठ नागरिकको ज्ञान, सीप, क्षमता र अनुभव वर्तमान र भावी पुस्ताको लागि पनि ठूलो प्रेरणाको स्रोत हो त्यसको लागि सम्मान आवश्यक छ ।
न्यानो सम्मान पाएकोमा बृद्धबृद्धाहरु खुसी थिए । न्यानो सम्मान पाएकाहरु आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।









