त्रियुगामा काँग्रेसका पूर्व नगर सभापति सहित दुई दर्जन सक्रिय सदस्य नेकपा एसमा प्रवेश

त्रियुगामा काँग्रेसका पूर्व नगर सभापति सहित दुई दर्जन सक्रिय सदस्य नेकपा एसमा प्रवेश
उदयपुर । स्थानीय तह निर्वाचन २०७९ को चुनावी अभियानमा शनिबार त्रियुगा नगरपालिका ५ का पूर्व वडाध्यक्ष तथा नेपाली काँग्रेसका क्षेत्रिय सभापति सहित दुई दर्जन कार्यकर्ता नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । नेपाली काँग्रेसका सक्रिय सदस्य तथा क्षेत्रिय प्रतिनिधि ताराकान्त चौधरी सहित दुई दर्जन काँग्रसी कार्याकर्ता नेकपा एस प्रवेश गरेका हुन् । ताराकान्त चौधरी नेपाली काँग्रेसका पूर्व नगर सभापति पनि हु...

उदयपुरमा दुई दलित महिला सदस्य निर्विरोध निर्वाचित

उदयपुरमा दुई दलित महिला सदस्य निर्विरोध निर्वाचित
उदयपुर। आसन्न स्थानीय तहको निर्वाचनको लागि उदयपुरमा दुई दलित महिला सदस्य निर्विरोध भएका छिन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं. १ का उम्मेदबार देवकुमारी कामी र रौतामाई गाउँपालिका वडा नं. १ का फुलमाया विक (दियाली) दलित महिला सदस्यमा निर्विरोध भएकी हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए । स्थानीय तह निर्वाचन संचालन नियावलीको नियम १३ को उपनियम (१) ...

गाईघाटमा कांग्रेसको झण्डा बोकेको अटो दुर्घटनामा ३ यात्रु घाईते, माओवादीका वडाध्यक्षका उम्मेदबारले गरे उद्धार

गाईघाटमा कांग्रेसको झण्डा बोकेको अटो दुर्घटनामा ३ यात्रु घाईते, माओवादीका वडाध्यक्षका उम्मेदबारले गरे उद्धार
गाईघाट । शुक्रबार त्रियुगा नगरपालिका १२ फुलचोकमा बिहान भएको अटो दुर्घटनामा ३ जना घाईते भएको छ । काँग्रेसी चुनावी झण्डा र प्रचार व्यानर बोकेको स १ ह २५५८ नं को अटो आज बिहान करिब ८ बजेतिर दुर्घटना भएको थियो । उक्त अटोमा ३ जना बालवालिका सहित ६ जना सवार थिए । अटो आफै अन्यन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ ।दुर्घटनामा ३ जना बच्चाहरुमा भने कुनै चोट पटक लागेको छैन । अन्य ठुला मान्छेहरु मात्रै दुर्घ...

उदयपुरमा ६ पालिका प्रमुख र एक उपप्रमुखमा पुरानै उम्मेदवार

उदयपुरमा ६ पालिका प्रमुख र एक उपप्रमुखमा पुरानै उम्मेदवार
उदयपुर । एक पटक सत्तामा पुगेपछि त्यसबाट फर्कन नचाहने प्रवृत्ति केन्द्रीय सरकारमा देखिएकै छ । यही रोग स्थानीय तहसम्म पुगेको छ । आफूले स्थानीय तहको नेतृत्व गर्दा राम्रो काम गर्ने मात्र होइन‚ सिन्को नभाँच्नेसम्मका जनप्रतिनिधि यसपालि पनि त्यही पद लिन चुनावी मैदानमा उत्रिएका छन् ।उदयपुरका ८ स्थानीय तहमध्ये ६ पालिकाका प्रमुख तथा अध्यक्षले उही पद दोहो¥याउन चुनावी प्रतिस्पर्धा गर्दैछन् । एक वटा पालिका उपप...

कटारीमा नेकपा एकीकृत समाजवादीले मेयरमा स्वतन्त्र उम्मेदबार केपी बराललाई सघाउने

कटारीमा नेकपा एकीकृत समाजवादीले मेयरमा स्वतन्त्र उम्मेदबार केपी बराललाई सघाउने
एमालेमा नगर प्रमुख देखि वडा वडामा पनि बागी उम्मेदबार उदयपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कटारी नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदबारी दिएका कृष्ण प्रसाद बराल (केपी बराल) लाई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सघाउने भएको छ । बराललाई माओवादी केन्द्रले टिकट नदिएपछि उनी स्वतन्त्रबाट मेयरमा मनोनयन दर्ता गराउनु भएको थियो । मंगलबार उदयपुर उद्योग वाणिज्य संघको हल...

गुरुङ र पौडेलद्वारा उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा एमालेको विद्रोही उम्मेदबार

गुरुङ र पौडेलद्वारा उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा एमालेको विद्रोही उम्मेदबार
उदयपुर । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा तीन दलिय गठबन्धन भएको छ । नेकपा एसबाट तत्कालिन नेकपा एमालेबाट विजय अध्यक्ष मानबहादुर केप्छाकी मगरले पुनः अध्यक्षमा उम्मेदबार दिएका छन् । तीन दलिय गठबन्धनबाट उपाध्यक्षमा नेपाली काँग्रेसका जित बहादुर खड्कालाई दिइएको छ । नेकपा माओवादी केन्द्रसँग वडाहरुमा गठबन्धन भएको छ । ...

लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा एमालेको बागी उम्मेदबारमा भलराज राई

लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा एमालेको बागी उम्मेदबारमा भलराज राई
उदयपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उदयपुरको लिम्चुङबुङ गाउँपालिकाबाट भलराज राईले स्वतन्त्र उम्मेदबार दर्ता गराएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट ६६ मतले अध्यक्षमा पराजित उम्मेदबार हुन् । उनले १ हजार २ सय ८१ मत ल्याउँदा विजयी उम्मेदबार मेजर राईले १ हजार ३ सय ४७ मत ल्याएका थिए । उनी तत्कालिन नेकपा एमाले माधव कुमार नेपाल निकट थिए । सर्वोच्च अदालतले नेकपा...

चौदण्डीगढीमा गठबन्धनबाट मेयरमा नरेन्द्र राउत, उपमेयरमा हिरा

चौदण्डीगढीमा गठबन्धनबाट मेयरमा नरेन्द्र राउत, उपमेयरमा हिरा
उदयपुर । आइतबार र सोमबार उदयपुरको ८ वटै पालिकामा नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएको छ । चौदण्डीगढी नगरपालिकाको नेतृत्वका लागि नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी विच संयुक्त गठबन्धन भएको छ । गठबन्धनमा नेकपा एसबाट नरेन्द्र कुमार राउतले मेयरको उम्मेदबारी दिएका छन भने नेकपा माओवादी केन्द्रको तर्फबाट उपमेयरमा हिरा थापा (तिम्सिना) ले उम्मेदबारी दिएकी छिन् । राउत नेकपा...

चौदण्डीगढी नगरपालिकामा मेयर र उपमेयर पुरानै अनुहार, प्रशान्त बागी उम्मेदबार

चौदण्डीगढी नगरपालिकामा मेयर र उपमेयर पुरानै अनुहार, प्रशान्त बागी उम्मेदबार
उदयपुर । आइतबार र सोमबार उदयपुरको ८ वटै पालिकामा नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएको छ । तर, नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गर्नेहरुमा चौदण्डीगढी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर र उपमेयर पुरानै अनुहार हुन् ।निवर्तमान मेयर खगेन्द्र राई र निवर्तमान उपमेयर रिता कुमारी चौधरीले उम्मेदबारी दिएका छन् । उनीहरु २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित मेयर र उपमेयर हुन् । नेपाली काँग्रेसका नेता प्रश...

त्रियुगामा नेकपा एस र माओवादी गठबन्धनको मनोनयनमा उर्लियो जनसागर (फोटो फिचरसहित)

त्रियुगामा नेकपा एस र माओवादी गठबन्धनको मनोनयनमा उर्लियो जनसागर (फोटो फिचरसहित)
गाईघाट । स्थानीय तह निर्वाचनको मनोनयन गर्ने अन्तिम दिन नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको पक्षमा त्रियुगा नगरपालिकामा जनसागर उर्लिको छ । त्रियुगा नगरपालिकाको मेयरमा बलदेव चौधरीले आइतबारै साइतमा उम्मेदबारी दिएपनि नेकपा माओवादी केन्द्र विचको गठबन्धनका उपमेयर, वडाध्यक्ष, वडा सदस्य सहितका उम्मेदबारले सोमबार उम्मेदबारी मनोनयन दर्ता गरेको छ । सोमबार गठबन्धनको तर्फबाट मेयरका उम्मेदबार बलदे...