उदयपुर । आइतबार र सोमबार उदयपुरको ८ वटै पालिकामा नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएको छ । तर, नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गर्नेहरुमा चौदण्डीगढी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर र उपमेयर पुरानै अनुहार हुन् ।निवर्तमान मेयर खगेन्द्र राई र निवर्तमान उपमेयर रिता कुमारी चौधरीले उम्मेदबारी दिएका छन् । उनीहरु २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित मेयर र उपमेयर हुन् । नेपाली काँग्रेसका नेता प्रशान्त कुमार राई बागी उम्मेदबार दिएका छन् । उनी स्वतन्त्र उम्मेदबारको रुपमा बागी उम्मेदबार दिईएको हो ।

तपाईको प्रतिक्रिया