उदयपुर । आइतबार र सोमबार उदयपुरको ८ वटै पालिकामा नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएको छ । चौदण्डीगढी नगरपालिकाको नेतृत्वका लागि नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी विच संयुक्त गठबन्धन भएको छ । गठबन्धनमा नेकपा एसबाट नरेन्द्र कुमार राउतले मेयरको उम्मेदबारी दिएका छन भने नेकपा माओवादी केन्द्रको तर्फबाट उपमेयरमा हिरा थापा (तिम्सिना) ले उम्मेदबारी दिएकी छिन् । राउत नेकपा एसका प्रदेश सदस्य हुन् । उनले २०७४ सालको स्थानीयत तहको निर्वाचनमा ६ हजार ३ सय ३० मत ल्याएर मेयर खगेन्द्र राईसँग ५४० मतले पराजित उम्मेदबार हुन् ।
चौदण्डीगढी नगरपालिका वडा नं. १ र ८ मा स्वतन्त्र उम्मेदबारले सहयोग गर्ने भएको छ भने वडा नं. २ मा लोक बहादुर मगर, वडा नं. ३ मा गोविन्द श्रेष्ठ, वडा नं. ४ मा भुपेन्द्र राई, वडा नं. ५ मा देवनारायण चौधरी, वडा नं. ६ मा राजकुमार परियार, वडा नं. ७ मा उर्मिला राई, वडा नं. ९ मा हृदय नारायण चौधरी, वडा नं. १० मा रमेश थापा (प्रमोद) लाई नरेन्द्र राउतको टिमबाट वडाध्यक्षको उम्मेदबार बनाइएको छ ।

तपाईको प्रतिक्रिया