उदयपुर । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा तीन दलिय गठबन्धन भएको छ । नेकपा एसबाट तत्कालिन नेकपा एमालेबाट विजय अध्यक्ष मानबहादुर केप्छाकी मगरले पुनः अध्यक्षमा उम्मेदबार दिएका छन् ।

बायाँ : चक्र बहादुर गुरुङ र दायाँ बसन्त पौडेल । तस्विर : सामाजिक संजालबाट

तीन दलिय गठबन्धनबाट उपाध्यक्षमा नेपाली काँग्रेसका जित बहादुर खड्कालाई दिइएको छ । नेकपा माओवादी केन्द्रसँग वडाहरुमा गठबन्धन भएको छ ।

यता नेकपा एमालेबाट अध्यक्षमा गोपाल खत्री र उपाध्यक्षमा शोभा कुमारी मगरले उम्मेदबार दिएका छन् । चक्र बहादुर गुरुङ र बसन्त पौडेल नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र अध्यक्षको उम्मेदबार बनेको छ । उनीहरुले आफुहरु अध्यक्ष पदको लायक भएकोले अध्यक्षमा उम्मेदबारी दिइएको बताए ।

यस्तै अध्यक्षमा राममणि गुरागाइँ (डिस्टान्स), जीत बहादुर पुलामी, दिपक तामाङले पनि स्वतन्त्र रुपमा उम्मेदबारी दर्ता गराएको छ ।

राप्रपाबाट नवराज कार्की गाउँपालिका अध्यक्ष र नेतमाया तामाङ उपाध्यक्षमा उम्मेदबार बनेको छ ।

तपाईको प्रतिक्रिया