साथीबाटै कविताको हत्या ! हत्याको आरोपमा दाजुबहिनी पक्राउ
उदयपुर । टुयुसन पढ्न घरबाट निस्किएकी एकजना किशोरीको उनकै साथीबाट हत्या भएको खुलेको छ । उदयपुरको बेलका नगरपालिका वडा नम्बर–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत वर्ष १६ की कविता सुनुवारको हत्या आशंकामा उनकै साथी १७ वर्षीया सरिता ढकाल पक्राउ परेको छ ।
कविताको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले अर्का भारत सिक्किम राज्य बियुङ घर भई बेलका नगरपालिका ३ बस्ने १९ वर्षिय विनोद ढकाल (खत्री) लाई ...













