उदयपुर । उदयपुरमा आज र भोली ५ महिना देखि पाँच वर्षसम्मका ३२ हजार ८ सय ६९ जना बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।
६ महिनादेखि ५९ महिनाको बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि पाँच वर्षका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश तथा स्थानीय निकायसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको स्वास्थ्य कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत उमेश लुईटेलले जानकारी दिए ।

उनका अनुसार बेलका नगरपालिकामा ३ हजार ९ सय ८४ बालबालिका, चौदण्डीगढी नगरपालिकामा ४ हजनार ६ सय ४६ बालबालिका, त्रियुगा नगरपालिकामा ८ हजार ४१ बालबालिका र कटारी नगरपालिकामा ६ हजार २ सय ८० बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।

यस्तै उदयपुरगढी गाउँपालिकामा ३ हजार ६ सय ५५ बालबालिका, रौतामाई गाउँपालिकामा २ हजार ८ सय ३१ बालबालिका, लिम्चुङबुङ गाउँपालिकामा १ हजार ५ सय २४ बालबालिका र ताप्ली गाउँपालिकामा १ हजार ९ सय ८ बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको तथ्याङ्क अधिकृत लुइटेलले जानकारी दिए ।

भिटामिन ए र जुकाको औषधि खुवाउन ५ सय ३१ जना स्वयंसेविका परिचालन गरिने छ भने स्थानीय तहले आफ्नै तरिकाले स्वास्थ्यकर्मी परिचालन गरिने छ ।

तपाईको प्रतिक्रिया