उदयपुर । आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा एकीकृत समाजवादीबाट त्रियुगा नगरपालिका १२ बाट वडा सदस्यको उम्मेदबार बनेको निवर्तमान वडा सदस्य प्रथम लाल चौधरीले एक विज्ञप्ती मार्फत जनाएको छ । 
सोमबार चौधरीले एक विज्ञप्तीमार्फत आफु नेकपा एमालेबाट नभएर नेकपा एसबाट वडा सदस्यको उम्मेदबार भएको जनाएको छ । उनको विज्ञप्तीमा, ‘मेरो नाम उल्लेख गरी सामाजिक संजालमा मेरो प्यारो पार्टी नेकपा एकीकृत समाजवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको भनी जारी विज्ञप्ती निराधार र भ्रामक हो । म पार्टीमा विचलित नभई पार्टी प्रति इमान्दार रहि नेकपा एसबाट वडा नं. १२ को वडा सदस्यमा उम्मेदबार पनि रहेको हुनाले उक्त भ्रामक प्रचारको पछाडि नलाग्नु हुन सम्पूर्ण शुभेच्छुक तथा पार्टीको कमरेडहरुलाई हार्दिक अपिल गर्दछु ।’










