त्रियुगा नगरपालिकामा ११ हजार सुकुम्बासी, भूमिहिन परिवार लालपुर्जा पाउन योग्य : मयेर चौधरी
गाईघाट । लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन त्रियुगा नगरपालिकाले करिव ११ हजार परिवारको जग्गाा नाप गरेको छ । त्रियुगा नगरपालिकामा परेको निवेदनको आधारमा उनीहरुको जग्गा नाप सम्पन्न भएको हो । त्रियुगा नगरपालिकामा निवेदनको ६० प्रतिशत बढीको जग्गा नाप जाँच भईसकेको छ भने बाँकी वडाहरुमा काम धमाधम भइरहेको छ ।
त्रियुगा नगरपालिकामा दल...













