कटारी / आगामी स्थानीय निर्वाचनमा नेकपा एमालेबाट कटारी नगरपालिकाको मेयर पदका आकांक्षी युवा नेता जीवनाथ दाहालले उम्मेदबारी पाएर विजयी भए कार्यकाल अवधिभर कुनै सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । युवा पुस्तामा चर्चित युवा नेता दाहालले नगरमा पहिलो एजेण्डा सुशासन कायम गर्नु रहेको बताउँदै सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको हो ।
नगरमा शुसासन कायम गर्दै वडालाई नै आर्थिक अधिकार सहित शक्तिशाली बनाउने र अधिकतम् सेवा वडाबाटै दिने व्यवस्था मिलाउने प्रतिवद्धता समेत दाहालले गर्नुभएको छ । दाहाल यसअघि समेत समाजसेवामा समर्पित हुनुहुन्छ । असहाय , दुखी गरिबहरुलाई सहयोग गर्दै आउनुभएका दाहाल प्रेस चौतारी नेपाल उदयपुर शाखाका अध्यक्ष समेत हुनुहुन्छ ।
कटारी नगरकमिटीले समेत युवा नेता दाहाल सहित ६ जनाको नाम सिफारिस गरेको छ ।अवको नेतृत्व युवाले गर्न सके नगरमा समृद्धि छाउने नेता दाहालको भनाई छ । एमालेमा विद्यार्थीकालदेखि नै सकृय राजनीतिमा लागेका दाहाल मेयरका लागि दाबेदार उमेद्वार समेत हुनुहुन्छ । मेयरमा दावी गर्नेहरुमा वर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भिमकुमारी राउतसँगै एमाले नेता विष्णु मुरी, रतन पोखरेल र संञ्जिव कार्कीको नाम कमिटीले सिफारि पठाएको छ ।









